नासाको पर्सिभेरन्स रोभरको मंगल ग्रहमा एक वर्ष: यस्ता छन् उपलब्धि

  • Technology Khabar | ९ फाल्गुन २०७८, सोमबार
नासाको पर्सिभेरन्स रोभरको मंगल ग्रहमा एक वर्ष: यस्ता छन् उपलब्धि

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो पर्सिभेरन्स रोभर मंगल ग्रहमा उतारेको एक वर्ष भएको उपलक्षमा उत्सव मनाइरहेको छ।

उक्त रोभरले मंगल ग्रहमा अवतरण गरेर त्यहाँको चट्टानी सतहमा हिँड्न सिकिसकेको छ।

लगभग १ हजार २५ किलो तोल भएको उक्त उपकरणले गत वर्षको फेब्रुअरी १८ मा अवतरण गरेदेखि हालसम्म नयाँ दूरीको रेकर्डसहित थुप्रै कोशेढुंगाहरु पार गरेको छ।

हाल यसले चुनाैतीपूर्ण कामहरु गर्नका लागि गति तथा विश्वास बटुल्ने प्रयास गरिरहेको ग्याजेट्स३६० ले जनाएको छ।

यी कार्यहरुमा आगामी हप्ता जजेरो क्रेटरबाट पर रहेको अर्बो वर्षअघि ताल रहेको ठाउँमा नयाँ वैज्ञानिक मिसनमा थप चट्टानका नमूना संकलन लगायतका रहेका छन्।

यो १ वर्षको अवधिमा रोभरले इन्जेनुइटी हेलिकप्टरको बेस स्टेशनबाट ६ ओटा चट्टानका नमूना संकलन गर्नुका साथै मंगल ग्रहमा अक्सिजन जेनेरेटर मक्सीको पहिलो प्रोटोटाइपको परीक्षण पनि गर्यो।

६ चक्का भएको उक्त उपकरणले हाल मंगल ग्रहमा पृथ्वीमा पठाउनका लागि चट्टानका नमूना संकलन गरिरहेको छ।

ती पठाइएका नमूनाहरुले मंगल ग्रहमा कुनै समयमा जीवन थियो वा थिएन भनेर अध्ययन गर्न वैज्ञानिकहरुलाई सघाउने अपेक्षा गरिएको छ।

यी चट्टानका नमूनाहरुले जजेरो क्रेटरको संरचनाबारे भित्री जानकारी लिन मद्दत गर्ने नासाको वैज्ञानिक मिसन निर्देशनालयका प्रमुख थोमस जुर्बुशेनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार