नासाद्वारा माइक्रोग्राभिटीमा आगो बल्ने तरिका प्रदर्शन

  • Technology Khabar | ९ फाल्गुन २०७८, सोमबार
नासाद्वारा माइक्रोग्राभिटीमा आगो बल्ने तरिका प्रदर्शन

काठमाडौं ।

मानिसले आगोको आविष्कार धेरै पहिले गरेको थियो भने आगोलाई मानव जातिले हजाराैं वर्षदेखि प्रयोग गर्दै आइरहेको छ।

पृथ्वीमा आगोको व्यवहारबारे हामीलाई राम्रैसँग थाहा छ तर अन्तरिक्षमा पनि आगोका ज्वालाहरु बलिरहेका छन् भने तिनीहरुले कस्तो व्यवहार गर्लान्?

यो विषय जिज्ञासासँगमात्र सम्बन्धित नभई अन्तरिक्ष यात्रीको सुरक्षासँग पनि जोडिएको छ। भविष्यका अन्तरिक्ष मिशनहरुमा यस प्रकारका चुनाैती सामना गर्नुपर्ने हुन सक्छ।

अन्तरिक्षमा गुरुत्वाकर्षण लगभग शून्यको बराबर हुन्छ। यस्तोमा आगोका ज्वालाहरुले भिन्न प्रकारले व्यवहार गर्छन्।

माइक्रोग्राभिटीमा आगोका ज्वपाला गोलाकार आकारमा बन्ने कोशिश गर्छन्। पृथ्वीमा आगो लाग्दा गुरुत्वाकर्षणका कारण वातारणबाट चिसो हावा तलपट्टि तानिन्छन् भने तातो ज्वालाहरु माथितिर उठ्छन्। यसले ज्वालाहरुको आकार निर्धारण गरेर उनीहरुलाई अस्थिर बनाउँछन्।

गुरुत्वाकर्षणमा हुने परिवर्तनले आगो फैलने प्रक्रियालाई पनि प्रभावित पार्न सक्छ। माइक्रोग्राभिटीमा आगो निभाउन मुश्किल हुन सक्छ। नासाले आगोको यही व्यवहारलाई हालै एडभान्स्ड कम्बशन भाया माइक्रोग्राभिटी एक्सपेरिमेन्ट्स एसीएमईमार्फत् अध्ययन गरिरहेको छ।

अन्तरिक्ष यात्रीहरुले हालै एउटा प्रोजेक्ट पूरा गरेका छन् जसमा उनीहरुले इन्टरनेशनल स्पेस स्टेशनमा १५०० ओटा आगो बालेर देखाएका छन्।

यो एउटा सुरक्षित तथा विशेष किसिमले डिजाइन गरिएको चेम्बरमा गरिएको थियो। तर एजेन्सीले आगामी शनिवार एउटा लञ्च गर्ने भएको छ जसले चन्द्रमा तथा मंगल ग्रहमा आगोबाट सुरक्षित हुने कुरामा अझ सुधार ल्याउन वैज्ञानिकहरुलाई मद्दत मिल्ने ग्याजेट्स३६० मा उल्लेख गरिएको छ।

हेर्नुस् इन्स्टाग्राममा तस्बिर

इन्स्टाग्राममा हालै एउटा अपडेट गर्दै नासाले एउटा फोटो पनि शेयर गरेको छ जसका माध्यमबाट स्पेस स्टेशनभित्र माइक्रोग्राभिटीको वातावरणमा आगोको ज्वालाले कसरी व्यवहार गर्छ भन्ने देखाइएको छ।

प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung hints at a new AI-Driven smartphone experience

  • ९ फाल्गुन २०७८, सोमबार

Samsung Nepal announces exciting offers on its AI TVs for the T20 World Cup season

  • ९ फाल्गुन २०७८, सोमबार

China successfully launches reusable experimental spacecraft

  • ९ फाल्गुन २०७८, सोमबार

EU warns Meta it must open up WhatsApp to rival AI chatbots

  • ९ फाल्गुन २०७८, सोमबार