फोल्डेबल फोनको बजार वृद्धि सकारात्मक, डिजाइनमा सुधार आवश्यक

  • Technology Khabar | ९ फाल्गुन २०७८, सोमबार
फोल्डेबल फोनको बजार वृद्धि सकारात्मक, डिजाइनमा सुधार आवश्यक

काठमाडौं ।

विश्वभरमा फोल्डेबल स्मार्टफोनको बजार राम्रै वृद्धि भइरहेको तर डिजाइनमा भने सुधार ल्याउनु जरुरी देखिएको छ।

थुप्रै ब्राण्डले नयाँ मोडलहरु फोल्डेबल फोनको वैश्विक शिपमेन्ट सन् २०२२ मा १ करोड ९० लाख थान पुग्ने अपेक्षा गरिएको छ।

तर आपूर्तिकर्ताका लागि भने यूजर एक्सपेरियन्समा कसरी सुधार ल्याउने भन्ने चाहिँ चुनोतीको विषय बनेको छ।

सामसङ इलेक्ट्रोनिक्सले २०२१ मा ग्यालेक्सी जेड फोल्ड तथ जेड फ्लिप फोल्डेबल सिरिजको मूल्य घटाएपछि र अझ राम्रा डिजाइन उपलब्ध हुन थालेपछि फोल्डेबल फोनको माग बढ्यो।

२०२१ मा जम्मा ९० लाख फोल्डेबल स्मार्टफोनहरु बिक्री गरिएका थिए जुन अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी रहेको डिजिटाइम्सले जनाएको छ।

यो मामलामा गुगल र एप्पलले २०२३ के कस्तो रणनीति बनाउनेछन् भन्नेमा सबैको चासो रहेको छ।

विश्लेषकहरुले २०२२ मा फोल्डेबल फोनहरुको वैश्विक शिपमेन्ट १ करोड ९० लाख थान पुग्ने र त्यसमा सामसङ शीर्षस्थानमा रहने प्रक्षेपण गरेका छन्।

प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ९ फाल्गुन २०७८, सोमबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • ९ फाल्गुन २०७८, सोमबार

NOC from Nagarik App

  • ९ फाल्गुन २०७८, सोमबार

E-pension verification system launched

  • ९ फाल्गुन २०७८, सोमबार