ह्वावेको नयाँ ट्याब चाँडै बजारमा आउने

  • Technology Khabar | ९ फाल्गुन २०७८, सोमबार
ह्वावेको नयाँ ट्याब चाँडै बजारमा आउने

काठमाडौं ।

ह्वावेको नयाँ ट्याब चाँडै बजारमा देखिनेछ। ह्वावेको यो उत्पादनको बारेमा एक अनलाइन लीकमा जानकारी बाहिर आएको छ। ट्याबलेटको तस्बिर चीनको सामाजिक सञ्जाल वेबोका एक ब्लगरले शेयर गरेका छन् ।

यो ह्वावे मेटप्याड १०.४ २०२२ मोडल हुनेछ भनेर खुलासा गरिएको छ। कोरोना महामारी र शाओमी प्याड ५ र ग्यालेक्सी ट्याब एस ८ जस्ता डिभाइसहरू पनि बजारमा आएसँगै ट्याबलेटको बजार उकालो लागेको छ।

ह्वावेबाट आएको यो ट्याब्लेटमा ७१५० एमएएच ब्याट्री रहेको र यो हार्मोनीओएसमा चल्ने बताइएको छ।

आईटीहोम डट कमको अनुसार, वेबोमा एक ब्लगरले खुलासा गरेका थिए जहाँ नयाँ ह्वावे ट्याबलेट चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा देखा परेको छ।

ब्लगरले बताएअनुसार यो ह्वावे मेटप्याड १०.४ २०२२ मोडेल हो। यसको एउटा तस्बिर पनि ब्लगमा सेयर गरिएको छ । डिभाइसको अगाडिको भाग फोटोमा देख्न सकिन्छ। जसमा डिस्प्लेको वरिपरि बेजेलहरू रहेको देख्न सकिन्छ। यस पोस्टको साथमा, ब्लगरले यसको विशिष्टताहरूको बारेमा पनि लेखेको छ।

यस ट्याबलेटमा क्वालकम स्न्यापड्रागन ७७८ जी प्रोसेसर राखिएको छ। उपकरणको कोडनेम BAH4-AL10 को रूपमा लेखिएको छ। यसको प्रोसेसर मोबाइल फोन प्रोसेसर हो जुन २०२१ को मिड-रेन्ज स्मार्टफोनहरूमा देखिएको थियो। ह्वावेको यो नयाँ ट्याब पनि मिडरेन्ज उपकरण जस्तो देखिन्छ।

यसको डिस्प्ले स्पेसिफिकेशनहरू साइटमा सूचीबद्ध छैनन् तर यो १२००पिक्सेल रिजोल्युसनको साथ आउन सक्ने अनुमान गरिएको छ। डिभाइसमा सिम कार्ड स्लट हुनेछ र वाईफाईको सुबिधा समेत हुनेछ। तर, यसमा ५जी सपोर्ट देखिने छैन।

कम्पनीले यसको आधिकारिक घोषणा भने गरेको छैन । कोरोनाको नयाँ भेरियन्टको संक्रमण अझै विश्वभर चलिरहेको छ, त्यसैले आगामी समयहरूमा धेरै प्रसिद्ध ब्रान्डहरूबाट थप ट्याब्लेट लन्चहरू देख्न सकिनेछ।

प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार