
काठमाडौं ।
क्वालकमले वाईफाई ६ लाई अपग्रेड गर्ने घोषणा गरेको छ। वाईफाई ७ अर्को पुस्ताको वायरलेस कनेक्टिभिटी मानक हो, जसमा वाईफाई ६ को तुलनामा दुई गुणा इन्टरनेट गति र आधा विलम्बता (लेटेन्सी) हुने अपेक्षा गरिएको छ। जबकि केहि उपकरणहरूले अझै वाईफाई ६ लाई समर्थन गर्न बाँकी छ, तर अझ छिटो वायरलेस कनेक्सन वाईफाई ७ विकास भइरहेको छ।
नयाँ वाईफाई ७ को घोषणा गर्दै, क्वालकमले थप गति र क्षमता ल्याउने सुविधाहरू परिभाषित गर्नमा ध्यान केन्द्रित गर्ने तर कम विलम्बता अर्थात लो लेटेन्सी परफरमेन्समा पनि उल्लेखनीय सुधार गर्ने बताएको छ।
“वाईफाई ७ मा विलम्बता, गति र क्षमता सुधारहरूको संयोजन एक्सआर, मेटाभर्स, सोसल गेमिङ, एज कम्प्युट र अन्यमा सबैभन्दा एडभान्स प्रयोग केसहरूमा केन्द्रित हुनेछ,” क्वालकमले ब्लग पोस्टमा भन्यो।
अर्को चिप निर्माता मिडियाटेकले यसअघि नै वाईफाई ६ भन्दा तीन गुणा छिटो हुने बताएको थियो। यति मात्र होइन, वाईफाई ७ ले एक शक्तिशाली एमएलओ (MLO) सुविधा सहित फिचरहरूको सूची ल्याउनेछ, जसले मल्टि ब्यान्डहरूमा मल्टि लिङ्क सिर्जना गर्न सक्षम पार्नेछ।
तपाईंले धेरै प्रिमियम उपकरणहरूको स्पेक्स सिटमा पढ्नुभएको हुनुपर्छ जुन तिनीहरू वाईफाई ६ को लागि सपोर्टका साथ आउँछन्।
के हो वाईफाई ७ को अर्थ?
वाईफाई ७ वाईफाई ६ मा गरिएको अपग्रेड फिचर हो र यसले वाईफाई ६को तुलनामा तीन गुणा गति भएको दाबी गर्दछ। नयाँ वायरलेस कनेक्टिभिटी मानकको प्रसारण दर ३०जीबीपिएस हुनेछ। अब, यदि तपाइँ वाईफाई ६ र वाईफाई ७ को तुलना गर्नुहुन्छ भने, अर्को पुस्ताको मानक वाईफाई ६ मा एक प्रमुख अपग्रेड हो जसको प्रसारण दर ९.६जीबीपीएस छ।
वाईफाई ७ ले ३२० मेगाहर्ज एकल च्यानल ब्यान्डविथ प्रयोग गर्दछ। यो पनि वाईफाई ६ मा एक प्रमुख अपग्रेड हो, किनकी वाईफाई ६ले केवल १६० मेगाहर्ज ब्यान्डविथ प्रयोग गर्दछ। बढेको ब्यान्डविथले थप उपकरणहरूलाई यसमा कनेक्ट गर्न अनुमति दिनेछ।
यो विशेष गरी कार्यालयहरू, रेस्टुरेन्टहरू र रेलवे स्टेशनहरूमा उपयोगी हुनेछ किनकि यसले धेरै मानिसहरूलाई आफ्नो उपकरणहरू नेटवर्कमा एकैपटक कनेक्ट गर्न अनुमति दिनेछ र गतिमा सम्झौता गरिने छैन।
वाईफाई ७ केहि सुविधाहरू सहित प्रस्तुत गरिएको छ जसमा बहु-लिङ्क क्षमता, मोडुलेशन विकास, लचिलो च्यानल प्रयोग र ३२० मेगाहर्ज च्यानल ब्यान्डविथ समावेश छ। क्वालकमको अनुसार, वाईफाई ७ को बहु-लिङ्क क्षमताले ग्राहकहरूलाई यी च्यानलहरू प्रयोग गर्न कयौं विकल्पहरू प्रदान गर्दछ।
प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार