डूगी एस९८: दुईओटा स्क्रीन र नाइट भिजन क्यामरायुक्त स्मार्टफोन

  • Technology Khabar | ९ फाल्गुन २०७८, सोमबार
डूगी एस९८: दुईओटा स्क्रीन र नाइट भिजन क्यामरायुक्त स्मार्टफोन

काठमाडौं ।

चिनियाँ रग्ड फोन कम्पनी डूगीले दुई ओटा स्क्रीन र नाइट भिजन क्यामरा भएको एसएन-९८ स्मार्टफोन ल्याउने भएको छ।

यो डिभाइसका बारेमा अन्य थप विवरण प्राप्त नभए पनि स्रोतका अनुसार डूगीले एस९८ सिरिजमा तीनओटा स्मार्टफोन सार्वजनिक गर्नेछ।

यी तीन ओटा भेरियन्टमा एस९८, एस९८ प्रोफ तथा एस९८ अल्ट्रा रहेका छन्। प्रो तथा अल्ट्रा भर्सन आगामी अप्रिलमा र भ्यानिला मोडल आउदो महिना सार्वजनिक हुन सक्नेछ।

भ्यानिला मोडलको भने विवरण प्राप्त भएको जीएसएमएरिनाले उल्लेख गरेको छ जस अनुसार यसमा हिलियो जी९६ चिपसेट रहनेछ भने ८ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेज उपलब्ध हुनेछ।

यूएफएस २.२ स्टोरेज रहने यो डिभाइसमा एन्ड्रोइड १२ अपरेटिङ सिस्टम रहने र डूगीले तीन वर्षसम्म सेक्युरिटी प्याच तथा अपडेट उपलब्ध गराउने बुझिएको छ।

यसमा ६.३ इन्चको फुल एचडी+ एलसीडी तथा १६ मेगापिक्सेलको सेल्फी शूटर रहनेछ। यसमा पछाडिको क्यामराले समेत सेल्फी लिन सकिनेगरी भ्यूफाइन्डरको फिचर दिइएको छ।

प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...