आईफोन १३ प्रो बाट चलचित्र छायांकनका लागि एप्पलले नियुक्त गर्यो ओल्डब्वाईका निर्देशक

  • Technology Khabar | ८ फाल्गुन २०७८, आईतवार
आईफोन १३ प्रो बाट चलचित्र छायांकनका लागि एप्पलले नियुक्त गर्यो ओल्डब्वाईका निर्देशक

काठमाडौं ।

एप्पलले आईफोन १३ प्रो बाट चलचित्र छायांकन गर्नका लागि ओल्डब्वाइ चलचित्रका निर्देशकलाई चयन गरेको छ।

कम्पनीले आफ्ना अबका २ जेनेरेशनसम्मका आईफोनका क्षमता प्रोफेसनल स्तरको भिडियो खिच्नसक्ने भन्दै प्रचार प्रसार गरिरहेको छ।

यसै क्रममा हालैका अभियानहरुका लागि कम्पनीले कोरियाली चलचित्र निर्देशक पार्क चान-वूकलाई चयन गरेको छ।

वूक सन् २००३ मा बनेको कोरियाली चलचित्र ओल्डब्वाइका निर्देशक भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

तर हाल आईफोन १३ बाट भने २० मिनेटको छोटो चलचित्र खिचिने र यसको नाम ‘लाइफ इज बट अ ड्रिम’ रहने बुझिएको छ।

यो मार्शल आर्ट फ्यान्टासी चलचित्र हुने र पुरै चलचित्र आईफोन १३ प्रोबाट छायांकन गरी यूट्युबमा प्रसारण गरिने बताइएको छ।

एप्पलले उक्त चलचित्र छायांकन चलिरहँदाको पछाडिका दृश्यका भिडियो सार्वजनिक गरेको छ जसमा पार्क तथा उनका छायांकन टोली गिम्बलमा आईफोन १३ प्रो राखेर प्रयोग गरिरहेका देखिन्छन्।

प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...