
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो शाओमी १२ अल्ट्रा स्मार्टफोनमा स्न्यापड्रागन ८ जेन १ चिपसेट राख्ने भएको छ।
हालै चर्चित टिपस्टर डिजिटल च्याट स्टेशनले आफ्नो वेबो एकाउन्टमा आउँदै गरेको शाओमी १२ अल्ट्रा स्मार्टफोनमा हालसम्म घोषणा गरिनसकिएको स्न्यापड्रागन ८ जेन १+ चिपसेट प्रयोग गर्ने जनाएको हो।
सामान्यतया: क्वालकमको फ्ल्यागशिप चिपका प्लस भेरियन्ट वर्षको उत्तरार्द्धमा घोषणा हुने गरेकाले शाओमी १२ अल्ट्रा २०२२ को तेस्रो त्रैमासअघि आउन सक्ने सम्भावना देखिँदैन।
यो डिभाइस हालै क्वालकम एसएम८४७५ एसओसीका नामले अनलाइनमा देखिएको र हाल चलिरहेको एसडी ८ जेन १ चिपसेटको मोडल नम्बर एसएम८४५० रहेकाले एसएम८४७५ लाई यसको अपग्रेड मान्न सकिन्छ।
क्वालकमले भविष्यमा आउने प्लस मोडलका चिपहरु सामसङको सट्टा टीएसएमसीको ४एनएम प्रोसेसमा बनाउने चर्चा चलेको छ।
प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार