काठमाडौं ।
एप्पलले आफ्नो आईफोन १५ को डिजाइनमा नच डिस्प्ले नराख्ने भएको छ।
एप्पलले यसअघिको टच आईडीको काम तथा संसाधन फेस आईडी टिमलाई दिएकोले यसको अन्डस्क्रीन फिंगरप्रिन्ट फिचर हटाउने सुनिश्चित भएको हालै लीक्सएप्पलप्रोले जनाएको छ।
कम्पनीले अब आफ्नो मुख्य अनुसन्धान तथा विकासका प्रयासहरु फेसआईडीमा केन्द्रित गर्ने गिजचाइनाले उल्लेख गरेको छ। यसबाहेक कम्पनीले अन्डरस्क्रीन क्यामरामा पनि थुप्रै परिवर्तन गरेको छ।
नचका हकमा आईफोन १५ डिजाइनबाट यसलाई हटाउने पहिलो फोन हुने आकलन गरिएको छ।
रिपोर्टहरुका अनुसार एप्पलले शुरुमा आईफोन १३ प्रो मा अन्डरस्क्रीन क्यामरा राख्ने योजना बनाएको थियो।
तर अन्डर स्क्रीन क्यामरा प्रविधिमा अझै थुप्रै सुधार गर्न बाँकी रहेकाले केही वर्षको अनुसन्धानपछि मात्र प्रयोगमा ल्याउन सकिने बुझिएको छ।
प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार