स्याङ्जामा ब्याचलर अफ इन्फरमेसन एन्ड टेक्नोलोजी एजुकेसन पढाइ हुने

  • Technology Khabar | ८ फाल्गुन २०७८, आईतवार
स्याङ्जामा ब्याचलर अफ इन्फरमेसन एन्ड टेक्नोलोजी एजुकेसन पढाइ हुने

काठमाडौं ।

स्याङ्जाको वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा बीआईसीटीई (ब्याचलर अफ इन्फरमेसन एन्ड टेक्नोलोजी एजुकेसन) पढाइ हुने भएको छ।

विश्वविद्यालय अनुदान आयोगबाट सम्बन्धन प्राप्त क्याम्पसमा शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तहअन्तर्गत शिक्षा शास्त्र सङ्कायमा बीआईसीटीई पढाइ हुने भएको हो । चार वर्षे कोर्ष अध्ययनका लागि ३६ जनाको सिट रहेको क्याम्पसले जनाएको छ।

सूचना प्रविधि, सूचना र सञ्चार एवं डिजिटल क्षेत्रका सम्पूर्ण विद्यार्थीको रचनात्मक क्षमता र सीपको विकासमा लागि सूचना तथा सञ्चार प्रविधि शिक्षाको आवश्यकता रहेको वालिङ बहुमुखी क्याम्पसका प्रमुख सच्चिदानन्द यादवले बताए । वालिङलगायत आसपासका क्षेत्रमा यो विषयमा अध्ययन–अध्यापनका लागि क्याम्पस नभएकाले प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उनले दाबी गरे ।

समयानुकूल प्रविधिमा दक्षता कायम गर्न क्याम्पसले सूचना तथा सञ्चार प्रविधि शिक्षा विषयमा अध्ययन–अध्यापन गराउन लागेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोइरालाले बताए। गोरखापत्र

प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार