
काठमाडौं ।
रसियाले शनिबार युक्रेनी बैंकिङ र सरकारी वेबसाइटहरूमा साइबर आक्रमणका लागि जिम्मेवार रहेको अमेरिकी आरोपलाई निराधार भएको बताएको छ।
सो साइबर आक्रमणको आरोप आधारहिन भएको संयुक्त राज्य अमेरिकामा रहेको रुसी दूतावासले ट्विटरमा जानकारी दिएको छ।
“हामी प्रशासनका यी आधारहीन कथनहरूलाई स्पष्टरूपमा अस्वीकार गर्छौं र उल्लेखित घटनाहरूसँग रूसको कुनै सरोकार छैन र सैद्धान्तिक रूपमा साइबरस्पेसमा कुनै ‘दुर्भावनापूर्ण’ अपरेशनहरू कहिले पनि सञ्चालन गरेको छैन र गर्दैन,” यसले भन्यो।
अमेरिकी उप राष्ट्रिय सुरक्षा सल्लाहकार एनी न्युबर्गरले शुक्रबार रूसी सैन्य गुप्तचर सेवा डिस्ट्रिब्युटेड डिनायल अफ सर्विस (डीडीओएस) आक्रमणको पछाडि रहेको आरोप लगाएका थिए जसले युक्रेनी बैंकिङ र सरकारी वेबसाइटहरूलाई अफलाइन हुन बाध्य बनाएको थियो।
प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार