भर्जिन ग्यालेक्टिकले फेरी खोल्यो अन्तरिक्ष यात्राको टिकट बुकिङ्ग

  • Technology Khabar | ७ फाल्गुन २०७८, शनिबार
भर्जिन ग्यालेक्टिकले फेरी खोल्यो अन्तरिक्ष यात्राको टिकट बुकिङ्ग

काठमाडौं ।

महत्वाकांक्षी अन्तरिक्ष पर्यटकहरूले बुधवार फेब्रुअरी १६ देखि भर्जिन ग्यालेक्टिकको साथ अन्तरिक्षको यात्रा बुक गर्न सक्छन्।

कम्पनीले मंगलबार फेब्रुअरी १५ गते घोषणा गर्दै यसले व्यावसायिक सेवा प्रदान गर्नु अघि ग्राहकहरूको लागि आफ्नो प्रतीक्षा सूचीलाई अस्थायी रूपमा पुन: खोल्ने बताएको छ। यसमा यात्रा गर्नका लागि प्रति सिट १ लाख ५० हजार डलर शुरुमै भुक्तानी गर्नुपर्नेछ र कुल टिकट मूल्य १ लाख ५० हजार डलर तोकिएको छ।

नोभेम्बर २०२१ सम्म, भर्जिन ग्यालेक्टिकले आफ्नो यात्राका लागि ७०० वा सोभन्दा बढी ग्राहकहरूले आवेदन दिएको रिपोर्ट गरेको थियो, जसलाई २०२२ को अन्त्यमा व्यावसायिक उडानहरूमा उडान गर्ने योजना थियो।

त्यस समय सम्ममा, भर्जिन ग्यालेक्टिकले त्यतिन्जेलसम्म उडानका लागि १,००० मानिसहरू तयार गर्ने योजना बनाएको बताएको थियो र कम्पनी त्यो टाइमलाइनमा अडिग रहेको देखिन्छ।

हाल, भर्जिन ग्यालेक्टिकसँग एउटा मात्र अन्तरिक्ष यान छ। कम्पनीले दुई थप अन्तरिक्ष विमानहरूमा काम गरिरहेको छ जसलाई भीएसएस इम्याजिन र भीएसएस इन्स्पायर भनिनेछ। यसमध्ये भीएसएस इम्याजिनको परीक्षण उडानहरू यस वर्ष सुरु हुने अपेक्षा गरिएको छ भने भीएसएस इन्स्पायर अझै निर्माणाधीन छ।

यस अन्तरिक्ष यात्राको लागि, भर्जिन ग्यालेक्टिकले आफ्नो स्पेस प्लेन VSS युनिटी प्रयोग गर्नेछ। भीएसएस यूनिटीलाई वाहक विमान भीएमएस इभद्वारा ५० हजार फिटको उचाइमा लगिनेछ। यसपछि, भीएसएस यूनिटीलाई भीएमएस इभबाट अन्तरिक्षमा पठाइनेछ।

भिएसएस युनिटीमा ६ यात्रु र दुई पाइलट बस्ने क्षमता रहेको छ। अन्तरिक्ष विमान भित्रका मानिसहरूले केही मिनेटको लागि तौलविहीनताको अनुभव गर्न सक्नेछन् र अन्तरिक्षबाट पृथ्वीलाई पनि हेर्न सक्नेछन्।

प्रकाशित: ७ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार