क्रिप्टोसँग सम्बन्धित ठगीलाई रोक्न अमेरिकी एफबीआईको नयाँ इकाई गठन गरिने

  • Technology Khabar | ७ फाल्गुन २०७८, शनिबार
क्रिप्टोसँग सम्बन्धित ठगीलाई रोक्न अमेरिकी एफबीआईको नयाँ इकाई गठन गरिने

काठमाडौं ।

अमेरिकी न्याय विभागले आफ्नो नयाँ नेशनल क्रिप्टोकरेन्सी इनफोर्समेन्ट टीमको नेतृत्व गर्न अनुभवी पेशेवरलाई चयन गरेको छ। यसका साथसाथै, विभागले ब्लकचेन विश्लेषण गर्न र भर्चुअल सम्पत्तिहरू संलग्न धोखाधडीहरू पत्ता लगाउन एफबीआईमा एक एकाइ सुरू गरिने घोषणा गरेको छ।

विभागले यस महिनाको सुरुमा आर्थिक ठगीको ठूलो मुद्दा पत्ता लगाएको थियो। यसमा न्युयोर्कका एक दम्पतीमाथि ४.५ अर्ब डलर भन्दा बढी बिटक्वाइन लन्डिङ्ग गरेको आरोप छ। यी बिटक्वाइनहरू करिब छ वर्षअघि डिजिटल मुद्रा एक्सचेन्ज बिटफाइनेक्स ह्याक गरेर चोरी भएका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडेनको नेतृत्वमा नियामकहरूले गत वर्ष अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन नेटवर्कमा साइबर आक्रमण पछि क्रिप्टोकरेन्सी उद्योगको छानबिन बढाएका छन्। त्यस्ता साइबर आक्रमणका अपराधीहरूले बिटक्वाइनमा रिकभरी गर्छन्। यी मध्ये केही मामिलाहरूमा, एफबीआईले अपराधीहरूलाई समातेको पनि छ।

क्रिप्टोकरेन्सी ब्लकचेन प्रविधिसँग सम्बन्धित छ। यो एक डाटाबेस हो जुन कम्प्युटरहरूको नेटवर्कमा साझा गरिन्छ। अभिलेखमा थपिएपछि परिमार्जन गर्न गाह्रो हुन्छ । जर्मनीमा म्युनिख साइबर सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै अमेरिकी डेपुटी एटोर्नी जनरल लिसा मोनाकोले विभागको क्रिप्टोकरेन्सी नियामक टोलीको नेतृत्व युन यंग चोईले गर्ने बताईन्। जसले ८ करोड भन्दा बढी जेपीमोर्गन एण्ड चेजको जानकारी चोर्ने रूसी ह्याकर विरुद्ध मुद्दाको नेतृत्व गरेको थिए। मोनाकोले आफ्नो विभागले साइबर खतराहरूसँग आक्रामक रूपमा व्यवहार गर्ने बताएकि छन्।

हालैका वर्षहरूमा अमेरिकामा क्रिप्टोकरेन्सीमा ठगीका घटना बढेका छन्। जसका कारण नियामकले यस खण्डको कडा अनुगमन सुरु गरेको छ।

प्रकाशित: ७ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार