मोटोरोला फ्रन्टियर तथा यसको १९४ मेगापिक्सेल क्यामराको विवरण लीक

  • Technology Khabar | ७ फाल्गुन २०७८, शनिबार
मोटोरोला फ्रन्टियर तथा यसको १९४ मेगापिक्सेल क्यामराको विवरण लीक

काठमाडौं ।

मोटोरोलाको आउँदै गरेको फ्रन्टियर स्मार्टफोन तथा त्यसमा प्रयोग हुने १९४ मेगापिक्सेल क्यामराको विवरण लीक भएको छ।

यसअघि पनि मोटोरोलाले फ्रन्टियर नाम गरेको २०० मेगापिक्सेल क्यामरा सेन्सरयुक्त फ्ल्यागशिप फोन ल्याउन लागेको चर्चाहरु बाहिरिएका थिए।

तर अहिले भने इभान ब्लास नामक लिकस्टरले उक्त डिभाइसको मुख्य क्यामराका बारेमा थप विवरण प्रस्तुत गरेका हुन्।

यसअघिका लीकमा २०० मेगापिक्सेलको आईएसओसेल एचपी१ क्यामरा रहने बताइएको थियो। हालको १९४ बाहेक अन्य दुई क्यामरा ५० र १२ मेगापिक्सेलका हुने पनि बुझिएको छ।

यसबाहेक यो डिभाइसमा १४४ हर्ज रिफ्रेश रेटसहितको ६.७ इन्चको पीओलेड स्क्रीनका साथै स्न्यापड्रागन ८ जेन १ चिपसेट रहने जीएसएमएरिनाले उल्लेख गरेको छ।

पावरका लागि ५० वाट वायरलेस तथा १२५ वाट वायर्ड चार्जिङसहितको ४५०० एमएएचको ब्याट्री रहने आकलन गरिएको यो डिभाइस आगामी जुलाईमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ७ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...