ओपो फाइन्ड एक्स५ प्रो डाइमेन्सिटी ९००० चिपसेटसहित आउने

  • Technology Khabar | ७ फाल्गुन २०७८, शनिबार
ओपो फाइन्ड एक्स५ प्रो डाइमेन्सिटी ९००० चिपसेटसहित आउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो आउँदै गरेको फाइन्ड ५एक्स प्रो स्मार्टफोनमा डाइमेन्सिटी ९००० चिपसेट राख्ने भएको छ।

मिडियाटेकले गत वर्षको नोभेम्बरमा डाइमेन्सिटी ९००० चिपसेटको घोषणा गरेको थियो तर यो अहिलेसम्म कुनै फोनमा आएको छैन।

जीएसएमएरिनाले उल्लेख गरे अनुसार यो अवस्था आगामी फेब्रुअरी २४ मा ओपोको फाइन्ड ५एक्स प्रो बजारमा आएसँगै समाप्त हुनेछ किनकि यो डिभाइसमा कम्पनीले डाइमेन्सिटी ९००० चिपसेट राख्ने सुनिश्चित गरेको छ।

ओपोले यो डिभाइस स्न्यापड्रागन ८ जेन १ चिपसेट राखेर पनि निकाल्ने बुझिएकाले प्रतिस्पर्धी निर्माताहरुका हाइ-इन्ड चिप राखेर स्मार्टफोन आउन लागेको भने पहिलो पटक भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

ओपो फाइन्ड एक्स५ प्रो डाइमेन्सिटी संस्करण शुरुमा चीनमा सार्वजनिक हुने र त्यसपछि अन्य ठाउँमा विस्तार गरिने आकलन गरिएको छ।

प्रकाशित: ७ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...