शाओमीले पहिलो फ्ल्याश सेलमा बेच्यो ७० हजार थान गेमिङ रेडमी के५० स्मार्टफोन

  • Technology Khabar | ६ फाल्गुन २०७८, शुक्रबार
शाओमीले पहिलो फ्ल्याश सेलमा बेच्यो ७० हजार थान गेमिङ रेडमी के५० स्मार्टफोन

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीले आफ्नो गेमिङ रेडमी के५० स्मार्टफोन पहिलो फ्ल्याश सेलमा ७० हजार थान बिक्री गरेको छ।

शाओमी ब्राण्डको आधिकारिक वेबो एकाउन्टमा उक्त मोडलको उक्त परिमाणको बिक्रीबाट २८ करोड चिनियाँ यूआन अर्थात् लगभग ४ करोड ५० लाख डलर संकलन भएको थियो।

रेडमी के५० लाइनअपको पहिलो उक्त स्मार्टफोनमा स्न्यापड्रागन ८ जेन १ चिपसेट तथा १२० हर्ज रिफ्रेश रेटसहितको ६.६७ इन्च एमोलेड डिस्प्ले दिइएको छ।

जीएसएमएरिनाले उल्लेख गरे अनुसार रेडमीले उक्त स्मार्टफोन १७ मिनेटमा शून्यबाट १०० प्रतिशत ब्याट्री चार्ज हुने बताएको छ।

यसमा रहेको १२० वाट फास्ट चार्जिङ प्रविधिले ४७०० एमएएचको ब्याट्रीलाई १७ मिनेटमै फुल चार्ज गर्न सक्ने कम्पनीको दावी छ।

प्रकाशित: ६ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार