भारतले चिनियाँ एपहरुमाथि लगाएको प्रतिबन्धमा चीनको गंभिर चासो

  • Technology Khabar | ६ फाल्गुन २०७८, शुक्रबार
भारतले चिनियाँ एपहरुमाथि लगाएको प्रतिबन्धमा चीनको गंभिर चासो

काठमाडौं ।

चीनले बिहीबार चिनियाँ एपहरूमाथि भारतले लगाएको प्रतिबन्धबारे गम्भीर चिन्ता व्यक्त गरेको छ। यसका साथै भारतले चिनियाँ कम्पनीलगायत सबै विदेशी लगानीकर्ताहरूलाई पारदर्शी, निष्पक्ष र गैर भेदभावपूर्ण व्यवहार गर्ने आशा चीनले राखेको छ।

चीनको वाणिज्य मन्त्रालयले बिहीबार चिनियाँ कम्पनीहरू र सम्बन्धित एपहरूमाथि भारतको क्र्याकडाउनको बारेमा गम्भीर चिन्ता व्यक्त गर्दै यस व्यवहारले चिनियाँ कम्पनीहरूको वैध अधिकार र हितलाई नोक्सान पुर्याएको बताएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

चीनका वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले पत्रकार सम्मेलनमा भने, “हामीलाई आशा छ कि भारतले द्विपक्षीय आर्थिक र व्यापारिक सहयोगको विकासको गतिलाई कायम राख्न ठोस कदम चाल्न सक्छ।”

चीन र भारत महत्वपूर्ण आर्थिक साझेदार भएको उल्लेख गर्दै गाओले द्विपक्षीय आर्थिक र व्यापारिक सहयोगलाई राम्रो गति दिन भारतले ठोस कदम चाल्ने आशा व्यक्त गरे।

भारतले हालसालै थप ५४ चिनियाँ मोबाइल एपहरूमा पहुँच रोकेको छ। यसअघि पनि भारतले राष्ट्रिय सुरक्षालाई देखाएर १ सय भन्दा धेरै चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो।

प्रकाशित: ६ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार