नेपालमा १ महिना अगाडि लन्च भएको भीभोको भी२३ई स्मार्टफोन अब भारतमा सार्वजनिक हुँदै

  • Technology Khabar | ६ फाल्गुन २०७८, शुक्रबार
नेपालमा १ महिना अगाडि लन्च भएको भीभोको भी२३ई स्मार्टफोन अब भारतमा सार्वजनिक हुँदै

काठमाडौं ।

नेपाली बजारमा करिब १ महिना अगाडि नै लन्च भएको भीभोको भी२३ई स्मार्टफोन अब भारतीय बजारमा लन्च हुने तयारीमा रहेको छ।

कम्पनीले भारतमा दुई नयाँ स्मार्टफोनहरू भी२३ई र वाई१५एस लन्च गर्ने तयारी गरिरहेको छ। तर तिनीहरूको आधिकारिक घोषणा अघि, दुवै स्मार्टफोनको प्रत्यक्ष तस्बिरहरु अनलाइन स्पट गरिएको थियो।

भी२३ई २१ फेब्रुअरी २०२२ मा घोषणा हुने तालिका रहेको छ, जबकि वाई१५एस यस हप्ताको अन्त्यमा भारतमा लन्च हुने अफवाह छ।

तर तिनीहरूको आधिकारिक घोषणा हुनु अघि, माईस्मार्टप्राइसले दुबै स्मार्टफोनहरूको बिस्तृत तस्बिरहरु सेयर गरेको छ।

पहिले भी२३ईको बारेमा कुरा गर्दा, यो भी२३ र भी२३ प्रो भन्दा तलको सेगमेन्टमा राखिएको छ भने भारतीय बजारमा यो सनसाइन गोल्ड र मिडनाइट ब्लू कलर विकल्पहरूमा उपलब्ध हुनेछ।

यसअघि नै भारतीय बजारमा भिभोले भी२३ र भी२३ प्रो स्मार्टफोन लन्च गरिसकेको छ भने यी दुबै फोनहरु नेपाली बजारमा उपलब्ध छैनन्।

प्रकाशित: ६ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार