गुगलले ‘एड टूल’ लाई एन्ड्रोइड फोनमा सन् २०२४ सम्म निरन्तरता दिने

  • Technology Khabar | ६ फाल्गुन २०७८, शुक्रबार
गुगलले ‘एड टूल’ लाई एन्ड्रोइड फोनमा सन् २०२४ सम्म निरन्तरता दिने

काठमाडौं ।

अल्फाबेट इंकको गुगलले एन्ड्रोइड फोनमा ट्र्याकिङ प्रविधि ‘एड टूल’ लाई अझै २ वर्ष निरन्तरता दिने बताएको छ।

कम्पनीले एडीएलडी नाम गरेको यो टूल बन्द गर्ने बेला सूचना दिने पनि बताएको छ। तर कम्पनीले यसको प्रस्तावित विकल्पका बारेमा जनमत बटुल्न शुरु गर्ने जानकारी दिएको छ।

यसमार्फत् कम्पनीले यूजरहरुको गोपनीयतालाई अझ सुरक्षित गरिने र अदृश्य निगरानीबाट बचाउन सकिने अपेक्षा गरेको रोयटर्सले उल्लेख गरेको छ।

गत वर्षको अप्रिलमा एप्पलले सफ्टवेयर निर्माताहरुलाई आफ्नो आईडीएफए नामक तुलनात्मक टूलमार्फत् थुप्रै एपहरुमा रहेका व्यवहार ट्र्याक गर्नका लागि यूजरको सहमित लिन दबाब दिएपछि गुगलको एडीएलडी टूलमा पनि परिवर्तन आउने अपेक्षा गरेका थिए।

फेसबुकको मूल कम्पनी मेटा इंकले यसै महिना एप्पलको नीति परिवर्तनका कारण विज्ञापनबाट हुने कमाइमा १० अर्ब डलर गुमाएको बताएको थियो।

आईडीएफए तथा एडीएलडीले विज्ञापनदातालाई विज्ञापन निर्धारण तथा त्यसपछिको खरिदलाई पहिचान गर्न सघाउ पुर्याउँछन्।

तर उपभोक्ताले ट्र्याक हुन मन पराएनन् भन् विज्ञापनदाताहरुले भने उपभोक्ताले सकेसम्म धेरै खर्च गरुन् भन्ने चाहे।

प्रकाशित: ६ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार