
काठमाडौं ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमको सहायक कम्पनीले शुरु गरेको मोबाइल वालेटमा अब एनसेलको नम्बर समेत जोडिएको छ ।
अब एनसेलका सेवाग्राहीहरुले समेत ‘नमस्ते पे’ वालेट डाउनलोड गरेर प्रयोग गर्न सक्ने भएका हुन् ।
कम्पनीले हालै ट्वीट गरेर सो बारेमा जानकारी दिएको छ।
नमस्ते पे नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकको संयुक्त लगानी रहेको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट्स लिमिटेडको डिजिटल वालेट हो।
कम्पनीले पछिल्लो दिनमा बैंकहरुसँग आफ्नो वालेट जोड्ने र सेवा बिस्तार गर्ने काम गर्दै आएको छ।
यसै श्रृंखलामा नमस्ते पे अब एनसेलका नेटवर्कमा भएको मोबाइल सेवा ग्राहकहरुले समेत डाउनलोड गरेर प्रयोग गर्न सक्ने भएका हुन् ।
शुरुवाती चरणमा नमस्ते पे नेपाल टेलिकमका सेवाग्राहीहरुले मात्र प्रयोग गर्न सकिने थियो।
तपाई पनि एनसेलको ग्राहक हुनुहुन्छ भने अब नमस्ते पे यहाँबाट डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुनेछ।
प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार