यूट्युब च्यानलको कम्युनिटी गाइडलाइन: थाहा पाउनुस् के के गर्दा च्यानल ब्लक हुन्छ?

  • Technology Khabar | ५ फाल्गुन २०७८, बिहीबार
यूट्युब च्यानलको कम्युनिटी गाइडलाइन: थाहा पाउनुस् के के गर्दा च्यानल ब्लक हुन्छ?

काठमाडौं ।

यूट्युब सबैलाई बिना शुल्क आफ्नो च्यानल क्रियट गरेर भिडियो अपलोड गरेन दिने प्लेटफर्म हो। यसमा जो कोहीले पनि आफ्नो भिडियो अपलोड गर्न तथा धेरैभन्दा धेरै मानिसहरुसम्म पुर्याउन सक्छ।

तर यसका पनि  उक्त प्लेटफर्ममा कस्ता भिडियो राख्न पाइने, कस्ता राख्न नमिल्ने, मनिटाइजका नियम के कस्ता छन् वा के कस्तो गतिविधि गर्दा च्यानलमाथि प्रतिलिपि अधिकारको आरोप लाग्न सक्छ र च्यानल नै ब्लक हुन सक्छ भन्ने लगायतका नीति नियमहरु हुन्छन्।

कुनै पनि सामग्रीले यूट्युबको सामुदायिक नीतिनियमको उल्लङ्घन गरेको खण्डमा च्यानलमाथि स्ट्राइक पनि लाग्न सक्छ।

यसो गर्नुभयो भने बन्द हुन्छ तपाईँको यूट्युब एकाउन्ट

  • कुनै पनि प्रकारको कन्टेनटमा कम्युनिटी गाइडलाइन वा सेवाका शर्तहरु पटकफटक उल्लङघन गरेमा (उदाहरणका लागि घृणा फैलाउने, नराम्रो व्यवहार गर्ने वा उत्पीड़न गर्ने प्रकारका भिडियो वा कमेन्टहरु पटकपटक पोस्ट गर्नु)
  • बाल शोषण, स्पाम वा योनजन्य व्यवहारसँग सम्बन्धित कुनै गम्भीर विषयमा सामग्री राखेमा
  •  कुनै पनि नीति वा नियम उल्लङ्न गरेर चलाइएको च्यानल भएमा
  • भिडियोमा सम्बन्धित सर्जकको प्रतिलिपि रहेको सामग्री प्रतिलिपि अधिकार नलिई पोस्ट गरेमा। यस्तो पाइएमा यूट्युबले उक्त सामग्री प्रयोग गरेको आरोपमा च्यानल नै बन्द गरिदिन सक्छ।
  • यूट्युबमा कस्तो व्यवहार गर्नुपर्छ भन्नका लागि कम्युनिटी गाइडलाइन बनाइएको छ। यदि कुनै सामग्रीले कम्युनिटी गाइडलाइन उल्लङ्घन गरेको पाइएमा च्यानल विरुद्ध ‘स्ट्राइक’ गरिन्छ।
  • यसबाहेक अपलोड गरिएको सामग्री कम्युनिटी गाइडलाइन उल्लङ्घन बाहेक अन्य कारणले पनि हटाइन सक्छ। यसमा अदालतको आदेश, व्यक्तिगत गोपनीयता आदि पर्दछन् जुन सामग्री राख्दा स्टाइक नगरी शुरुमै हटाइन्छ

यसरी विभिन्न कारणले गरिने स्ट्राइक एउटै च्यानलले ९० दिनभित्र ३ पटक पायो भने त्यसपछि कम्पनीले उक्त च्यानल नै ब्लक गरिदिन्छ।

प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार