रोलेबल फोल्डेबल फोन डेभलप गर्दै ह्वावे

  • Technology Khabar | ५ फाल्गुन २०७८, बिहीबार
रोलेबल फोल्डेबल फोन डेभलप गर्दै ह्वावे

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड ह्वावेले नयाँ रोलेबल फोल्डेबल फोन डेभलप गरिरहेको छ।

ह्वावेसेन्ट्रल डटकमका अनुसार हालै बाहिर आएका रिपोर्टले कम्पनीले यस प्रकारको स्मार्टफोनमा काम गरिरहेको जनाएका हुन्।

यसअघि ह्वावेले मेट एक्सएस, एक्सएस, मेट एक्स२ तथा पी५० पकेटजस्ता स्मार्टफोन सार्वजनिक गरिसकेको छ।

ह्वावे कन्जुमर बिजनेस ग्रुपका सीईओ यू छेङदोङले हालै ह्वालेले ल्याउँदै गरेको फोल्डेबल फोन सेगमेन्टका बारेमा जानकारी दिएका थिए। यी जानकारी भने ह्वावेको आधिकारिक स्रोतबाट आएको नभई सामाजि सञ्जाल वेबोबाट लिइएको ह्वावेसेन्ट्रलले उल्लेख गरेको छ।

यूले ह्वावेले यस उद्योगमा सशक्त प्रभाव जमाउन सक्ने थुप्रै उत्पादनहरुको विकास गरिरहेको पनि थपे।

यी उत्पादनहरु हालसम्म सार्वजनिक भइनसकेका भए पनि यिनीहरु रोलेबल फोल्डेबल डिभाइस हुने कुरा यूले प्रस्ट्याए।

प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...