काठमाडौं टिकाथलीमा डिशहोम फाईबरनेटको सह–वितरण सोरुमको समुद्धघाटन

  • Technology Khabar | ४ फाल्गुन २०७८, बुधबार
काठमाडौं टिकाथलीमा डिशहोम फाईबरनेटको सह–वितरण सोरुमको समुद्धघाटन

काठमाडौं ।

नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले काठमाडौंको टिकाथलीमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ।

फागुन ४ देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन टेककेयर टेक्नोलोजिले गर्नेछ।

सोरुम समुद्धघाटन, डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकार र रबिन थापाको उपस्थितिमा सम्पन्न भएको थियो।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको टेककेयर टेक्नोलोजिले अब डिशहोम फाईबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ।

२ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईबरनेटको सेवा उपलब्ध गराईसकेको टेककेयर टेक्नोलोजिले अव अझ बढी ग्राहकहरुको माझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने टेककेयर टेक्नोलोजिका संचालक दिपक थापाले जानकारी दिए।

प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार