
काठमाडौं ।
विश्वकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट चिप निर्माता कम्पनी टीएसएमसीको एरिजोना प्लाण्ट निर्माण कोभिडका कारण ढिला हुन पुगेको छ।
कोभिड-१९ का कारण निर्माण कामदारहरुको अभाव भएपछि उक्त प्लाण्टको निर्माण तोकिएको समयमा सम्पन्न हुन नसकेको हो।
एबीपीलाईभका अनुसार अमेरिकाको एरिजोनामा भइरहेको उक्त प्लाण्ट निर्माण तोकिएको समयभन्दा ३ देखि ६ महिना पर पुग्ने निश्चित भएको छ।
यसको मुख्य कारण कोभिड महामारी बढ्नु, श्रमिकको अभाव हुनु तथा निर्माण इजाजत पाउन कठिन हुनु रहेको कम्पनीको भनाई छ।
यसअघि सार्वजनिक भएका रिपोर्टहरुले टीएसएमसीले २०२४ सम्ममा बृहत् उत्पादनमा जानका लागि जापानमा ७ तथा एरिजोनामा १२ अर्ब डलरको लगायत विश्वभरमा नयाँ क्षमताका चिप निर्माण फ्याक्ट्री स्थापना गर्ने बुझिएको छ।
कम्पनीले ३एनएम प्रोसेसको चिप निर्माण दक्षिणी ताइवानमा गर्न शुरु गरेको र यो वर्षको अन्त्यसम्म ठूलो मात्रमा निर्माण गरिसक्ने पनि बताइएको छ।
प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार