
काठमाडौं ।
अमेरिकाको नर्फोक काउन्टी काउन्सिलले एप्पलविरुद्ध हालेको मुद्दालाई क्यालिफोर्नियाका एक न्यायाधीशले क्लास-एक्शन स्टाटस प्रदान गरेका छन्।
काउन्सिलले २०१८ मा चीनमा आफ्नो प्रदर्शनबारे शेयरहोल्डरहरुलाई गुमराहमा राखेपछि आफूले चलाएको एउटा पेन्सन कोषमा रहेको रकम गुमाएको आरोप लगाएको छ। न्यायाधीश योन्ने गोन्जालेस रोजर्सको उक्त निर्णयको अर्थ एप्पलले यो मुद्दा हारेको खण्डमा अझ बढी क्षति ब्यहोर्नुपर्ने भन्ने जनाउँछ।
बीबीसीका अनुसार नर्फोक काउन्टी काउन्सिलले काउन्सिलका तथा अन्य सार्वजनिक संस्थाका कर्मचारी सम्मिलित अर्बो डलरको नर्फोक पेन्सन फन्ड सञ्चालन गर्ने भएकाले यो मुद्दामा मुछिएको हो।
उक्त कोषको प्रशासक तथा मुद्दाको मुख्य प्रतिवादीका हैसियतले काउन्सिलले एप्पल, यसका सीईओ टिम कूक तथा मुख्य वित्त अधिकारी लुका मायस्ट्रीमाथि मुद्दा दायर गरेको बीबीसीले उल्लेख गरेको छ।
प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार