हवाई टिकटको डिजिटल कपी देखाएर पनि विमानस्थलमा प्रवेश पाइने

  • Technology Khabar | ३ फाल्गुन २०७८, मंगलवार
हवाई टिकटको डिजिटल कपी देखाएर पनि विमानस्थलमा प्रवेश पाइने

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमार्फत उडान गर्दा पूर्ण विवरणसहितको डिजिटल कपी देखाएर यात्रा गर्न पाइने भएको छ।

यसअघि प्रिन्ट गरिएको फिजिकल टिकट नै आवश्यक पर्ने व्यवस्थामा केहि सरलिकृत गर्दै डिजिटल टिकटको पीडीएफ फाइल देखाएर पनि यात्रा गर्न सकिने भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालय गौचरले विज्ञप्ती जारी गर्दै पूर्ण विवरण भएको डिजिटल कपी देखाए पनि विमानस्थलमा प्रवेश पाइने जानकारी दिएको हो।

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानबाट यात्रा गर्न आउने कतिपय यात्रुले टिकटको पीएनआर कोड मात्र देखाउने गरेको र उक्त कोडले यात्रुको पहिचान नखुल्ने दाबी गर्दै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी यस्तो व्यवस्था गरिएको कार्यालयको भनाई छ।

नयाँ नियमअनुसार फागुन ७ गतेदेखि काठमाडौंबाट अन्यत्र हवाई यात्रा गर्दा विमानस्थल प्रवेश गर्नु पूर्व अनिवार्य रूपमा पूर्ण विवरणसहितको टिकटको प्रिन्टेड कपी वा डिजिटल कपी देखाउनु पर्नेछ।

साथै टिकटमा उल्लेख भएको रिपोर्टिङमा समयमा अनिवार्य रूपमा विमानस्थलबाट प्रवेश गरिसक्न कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...