
काठमाडौं ।
केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले सेवाग्राहीको निम्ति सुपर रफ्तार अफर ल्याएको छ।
यो अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएस सम्मको उच्च गतिको इन्टरनेटको लाभ उठाउन सक्ने सुबिसुले जानकारी दिएको छ।
इन्टरनेटको बढ्दो माग र उच्चस्तरीय सेवालाई पूर्णरुप दिन कम्पनीले यो अफर ल्याएको जनाएको छ।
अफर अन्तर्गत सेवाग्राहीले आफनो आवश्यक्ता अनुरुप उच्च गतिको इन्टरनेट सेवा न्यूनतम शुल्कमा पाउन सक्ने कम्पनीको दावी छ।
उनीहरुले ६५० एमबीपीएसको इन्टरनेटको साथमा ४ वटा क्लियर टिभी सब्सकृप्सनको वार्षिक सेवा प्रतिमहिना १, ७७० रुपैयाँमा पाउने सुबिसुले उल्लेख गरेको छ। यो योजनामा शर्त तथा नियमहरु लागू हुने पनि कम्पनीले प्रस्ट्याएको छ।
प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार