Technology Khabar ३ फाल्गुन २०७८, मंगलवार
काठमाडौं ।
जिल्लामा ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबारबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले अनलाइन फाराम भरेका सेवाग्राही ई–पासपोर्ट बितरण गर्न थालिएको जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयकाअनुसार गत पुस ९ गतेबाट सेवाका लागि अनलाइन आवेदन सङ्कलन गरिएको थियो ।
२८६ सेवाग्राहीले दिएको आवेदनमध्ये १३२ को ई–पासपोर्ट वितरणको क्रममा रहेको छ। आवेदन दिएको १५ दिनभित्र ई–पासपोर्ट वितरण हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार