एप्पलद्वारा यूरेसियन डाटाबेसमा तीन नयाँ म्याकबुक दर्ता, छिट्टै आउने संकेत

Technology Khabar ३ फाल्गुन २०७८, मंगलवार

काठमाडौं ।

एप्पलले हालै यूरेशियन नियामकको डाटाबेसमा तीन नयाँ म्याकबुकहरु दर्ता गरेको छ।

कम्पनीले यी डिभाइसहरु नियामकहरुहो डाटाबेसमा दर्ता गरेको कन्सोम्याकलाई उद्धृत गर्दै ९टू५म्याकले जनाएको हो।

यी नयाँ मोडलहरु ए२६१५, ए२६८६ तथा ए २६८१ नम्बरमा रहेका बताइएको छ। यीमध्ये एउटा मोडललाई भने ल्यापटपका रुपमा व्याख्या गरिएको छ।

२ हप्ताअघि यूरेशियन डाटाबेसमा आईफोन तथा आईप्याडका मोडलहरु पनि दर्ता भएको पाइएको थियो जसले आउँदै गरेका फाइभजी सपोर्टयुक्त नयाँ आईफोन एसई जेनेरेशन तथा स्पेसिफिकेशनले भरिपूर्ण आईप्याड एयरका बारेमा संकेत गरेका छन्।

ब्लूमबर्गले हालै एप्पलले आफ्नो पहिलो भर्चुअल इभेन्ट आगामी मार्च ८ मा आयोजना गर्ने बताउँदै उक्त कार्यक्रममा एउटा नयाँ म्याक सार्वजनिक गर्न सक्ने संकेत गरेको थियो।

एप्पलले आफ्ना उत्पादनहरु यूरेशियन डाटाबेसमा सामान्यतया: सार्वजनिक हुनुभन्दा १ देखि ३ महिना अगाडि दर्ता गर्ने गर्छ।

प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया