
काठमाडौं ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रमा आधारित सरकारी वेबसाइटहरु डाउन भएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्ट गरिएका र डाटा व्याकअप भएका सम्पूर्ण सरकारी वेबसाइटहरु डाउन भएका हुन् ।
केन्द्रले डाटा सेन्टरमा मेमोरी भरिँदा सबै वेबसाइट डाउन भएको जानकारी दिएको छ।
केन्द्रका सूचना अधिकारी तथा निर्देशक रमेश पोखरेलले मेमोरी फुल भएको र त्यसले वेबसाइट डाउन भएको बताए।
“डाटा सेन्टरमा मेमोरीफुल भएर साइट डाउन भएको हो केहि समयभित्रै खुल्छ,” उनले भने, “हामी क्यास क्लियर गरिरहेका छौं।”
यसैबिच डाउन भएका वेबसाइटहरु यस समाचार तयार पार्दासम्म केहि वेबसाइटहरु पुनः शुरु भएका छन् ।
प्रकाशित: २ फाल्गुन २०७८, सोमबार