‘खल्ती’ बाटै खानेपानीको बिल भुक्तानी गर्न सकिने

  • Technology Khabar | २ फाल्गुन २०७८, सोमबार
‘खल्ती’ बाटै खानेपानीको बिल भुक्तानी गर्न सकिने

काठमाडौं ।

काठमाडौँबासीले लामो समय देखि प्रतिक्षा गरिरहेको ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट बाट गर्न सकिने भएको छ।

व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको छ। त्यति मात्र हैन, ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समय मै गरि रिबेटरछुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन्।

यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, “काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको यो सेवा काठमाडौँका बासिन्दाहरुले वर्षौंदेखि पर्खि आएका छन् र यस सेवालाई हामीले डिजिटल रूपमा दिन पाउँदा धेरै उत्साहित छौं।”

‘खल्ती’बाट काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति यदि २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाँकि भए बोर्ड अमाउन्ट तिर्नु पर्नेछ। त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्ट बाट भुक्तानी गर्न सकिने जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार