ग्यालेक्सी एस २२ प्लस र एस २२ अल्ट्रा बेन्चमार्क परीक्षण: एप्पल अझै पनि सामसङ भन्दा उत्कृष्ट

  • Technology Khabar | २ फाल्गुन २०७८, सोमबार

काठमाडौं ।

भर्खरै लन्च गरिएको सामसङ ग्यालेक्सी एस२२ सिरिजको स्मार्टफोन ग्यालेक्सी एस२२ प्लस र ग्यालेक्सी एस२२ अल्ट्रालाई आईफोन १३ प्रो म्याक्सले प्रदर्शनको मामिलामा पछि पारेको छ। दुबै स्मार्टफोनको गीकबेन्चमा परीक्षण गरिएको थियो र यस परीक्षणको रोचक नतिजा बाहिर आएको हो।

ग्यालेक्सी एस२२ प्लस र ग्यालेक्सी एस२२ अल्ट्रा मा प्रयोग गरिएको स्न्यापड्रागन ८ जेन १ प्रोसेसरले गीकबेन्चमा एप्पल ए१५ बायोनिक चिप भन्दा कम स्कोर गर्न सकेको थियो। एप्पल ए१५ प्रोसेसरले सिंगल कोर, मल्टि कोर र मेसिन लर्निङका तीनवटै खण्डहरूमा धेरै उच्च स्कोर गरेको छ।

पीसीम्यागको रिपोर्ट अनुसार, गीकबेन्च ५ परीक्षणको क्रममा, स्न्यापड्रागन ८ जेन १ प्रोसेसरको साथ सामसङ ग्यालेक्सी एस२२ अल्ट्राले आईफोन १३ प्रो म्याक्समा भएको ए१५ चिप भन्दा कम स्कोर गर्यो।

ग्यालेक्सी एस २२ अल्ट्राले मल्टि-कोर स्कोरमा ३,४३३ अंक मात्र हासिल गर्यो, जबकि आईफोन १३ प्रो म्याक्सले ४,६४७ अंक हासिल गर्यो। एकै साथ, ग्यालेक्सी एस २२ अल्ट्राले सिंगल कोरमा १,२३२ अंक मात्र हासिल गर्यो, जबकि आईफोन १३ प्रो म्याक्सले १,७३५ अंक हासिल गर्यो।

स्न्यापड्रागनको स्कोर हेर्दा यो अचम्मको कुरा भन्न मिल्दैन किनभने यसको अघिल्लो संस्करणको तुलनामा नयाँ संस्करणमा थोरै मात्र सुधार देखिएको छ। जबकि एप्पलको ए१४ चिपको तुलनामा ए१५ बायोनिक चिपमा उल्लेखनीय सुधार भएको छ।

क्वालकमको  स्न्यापड्रागन ८८८ गत वर्ष लन्च गरिएको थियो। अब नवीनतम स्न्यापड्रागन ८ जेन १ सँग यसको स्कोर तुलना गर्दा, ८ जेन १ ले गीकबेन्चको सिंगल कोर स्कोरमा १३ प्रतिशतले आफ्नो कार्यसम्पादन बढाएको छ भने मल्टि-कोर स्कोरमा यसको प्रदर्शन ९ प्रतिशतले बढेको छ जुन ठूलो सुधार होईन् ।

तर जब आईफोनको कुरा आउँछ, त्यहाँ डिभाइसको चिपमा ठूलो सुधार भएको छ। रिपोर्ट गरे अनुसार, जीएफएक्सबेच्न बेन्चमार्कमा भने स्न्यापड्रागन ८ जेन १ले धेरै सन्दर्भमा २० प्रतिशत सम्मको सुधार देखाएको छ।

यद्यपि, सीपीयू र जीपीयू बेन्चमार्क स्कोरहरूले डिभाइसको वास्तविक कार्यसम्पादनलाई सही रूपमा मापन गर्न नसक्ने बताईन्छ। किनभने वास्तविक संसारमा परिस्थिति फरक हुन्छ। तर यो भन्न सकिन्छ कि गेमिङ गर्दा वा भिडियो सम्पादन जस्ता भारी कार्यहरू गर्दा, चिपको प्रदर्शन निश्चित रूपमा यी स्कोरहरूमार्फत नै नाप्नुपर्ने हुन्छ।

प्रकाशित: २ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया