ई-कमर्समार्फत् हुने कारोबार: एक महिनामा सङ्ख्या बढ्यो, रकम घट्यो

  • Technology Khabar | २ फाल्गुन २०७८, सोमबार

काठमाडौं ।

नेपालमा आर्थिक वर्ष २०७८/७९ को पुस महिनाभरी ई-कमर्समार्फत् ३४ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरिएको छ।

इन्टरनेट सुविधा र आधुनिक जीवनशैलीका कारण नेपालमा ई-कमर्सका प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गएका छन्।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु स्थूल आर्थिक प्रतिवेदनमा पुुषमा ई-कमर्समार्फत् भएको कारोबार संख्या ७१ हजार ६६६ उल्लेख गरिएको छ। यो आँकडा अघिल्लो महिना अर्थात्  मंसिरको भन्दा ११ हजार १५६ ले बढी हो।

सामान्यतया: कारोबार संख्या बढेसँगै कारोबार रकम बढ्नु पर्नेमा  यसको उल्टो भएको छ।

प्रतिवेदन अनुसार यो महिना ई-कमर्सको क्षेत्रमा ३४ करोड ९० लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ जुन अघिल्लो महिनाको तुलनामा १० लाख रुपैयाँले कम हो।

अघिल्लो महिना अर्थात् मंसिर मसान्तसम्मा ३५ करोड रुपैयाँको कारोबार भएको प्रतिवेदनले देखाएको छ।

यस्तै कार्तिकमा भने ई-कमर्समार्फत् ४४ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

यसरी हेर्दा ई-कमर्समार्फत् गरिएको कारोबार सङ्ख्यामा घटबढ जे भए पनि रकम भने निरन्तर रुपमा ओरालोतर्फ गइरहेको प्रतिवेदनले पुष्टि गरेको छ।

प्रकाशित: २ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार