डेटिङ्ग एपबाट पार्टनर खोज्दै हुनुहुन्छ? ठगहरूले जालमा फसाउलान, यी कुरामा ध्यान दिनुस्

  • Technology Khabar | २ फाल्गुन २०७८, सोमबार
डेटिङ्ग एपबाट पार्टनर खोज्दै हुनुहुन्छ? ठगहरूले जालमा फसाउलान, यी कुरामा ध्यान दिनुस्

काठमाडौं ।

आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे। केहि दिनदेखि नै माया प्रेमको साता शुरु भईसकेको छ। यस अवधिमा अविवाहित व्यक्तिहरु सम्बन्धमा आउन, प्रेम खोज्ने प्रयास गर्छन् र त्यसमा सहायक भएको छ विभिन्न किसिमका एपहरु।

नेपालमा पनि विभिन्न सोशल मिडिया तथा डेटिङ्ग एपहरु प्रयोगमा रहेका छन् । यदि तपाइँ पनि प्रेमको खोजीमा हुनुहुन्छ भने अवश्य गर्नुहोस्, तर त्यसअघि केहि विषयहरुमा सतर्क हुनुहोस् । किनकी ठगी गर्नेहरुले अहिले मायामा फसाएर धोका दिने वा फसाउने गरेका समाचारहरु बाहिर आईरहेका छन्। यस्ता ठगीका घटना बारम्बार सार्वजनिक भइरहेका छन् ।

आज हामी तपाईलाई डेटिङ्ग एपमा यस प्रकारको ठगीबाट कसरी बच्न सकिन्छ भनी बताउने प्रयास गर्नेछौं।

आज, जब सबै कुरा अनलाइन छ, डेटिङ कसरी यसमा पछाडि पर्नसक्छ? त्यहि कारण बम्बल, टिन्डर, ट्रूलीम्याड्ली ओकेकुपिड, प्योर, टनटेन र ग्रीण्डर जस्ता धेरै डेटिङ एपहरू हाल उपलब्ध छन्। यहाँ केटा वा केटी साथीको खोजी गरिन्छ र मित्रता वा माया प्रेममा पर्ने गर्दछन्। कसैले सहि पार्टनर पाउँछन् त कोही ठगीको सिकार हुन्छन्।

यी विषयहरु ख्याल राख्नुहोस्

  • यदि तपाइँ यी मध्ये कुनै पनि प्लेटफर्ममा हुनुहुन्छ भने तपाइँ सावधान हुन आवश्यक छ। निम्न कुराहरूलाई ध्यानमा राखेर तपाईं यस प्रकारको ठगीबाट बच्न सक्नुहुन्छ।
  • हरेक एपलाई विश्वास नगर्नुहोस्। कुनै पनि एप डाउनलोड गर्नुअघि त्यसको समीक्षा, कति पटक डाउनलोड भयो, त्यससँग सम्बन्धित समाचार पढ्नुहोस्। अन्य एपहरूसँग पनि तुलना गर्ने प्रयास गर्नुहोस्।
  • यस प्रकारको एपमा प्रोफाइल बनाउनु अघि, केहि चीजहरू ध्यानमा राख्नुहोस्। यसमा तपाईको कुनै पनि दोस्रो फोन नम्बर मात्र दिनुहोस्। आफ्नो सबै जानकारी कहिल्यै नभर्नुहोस्। जस्तो कि तपाईको पूरा नाम कहिल्यै न भर्नुहोस्, तपाईको इमेल आईडी दिनबाट बच्नुहोस्, सोशल मिडिया प्रोफाइलहरू साझा नगर्नुहोस्।
  • यदि कसैसँग मित्रता छ वा वार्तालाप सुरु भयो भने, यसलाई कुराकानीमा सीमित गर्नुहोस्। यदि कसैले पैसा मागेको छ वा उपहार रोकिएको छ भनेर तपाईँसँग बदलामा पैसा मागेको छ भने, पैसा नपठाउनुहोस्।
  • कतिपय ठगहरूले पहिले कुरा गरेर भेट्न बोलाउँछन् र त्यसपछि युवतीसँग फोटो खिचेर फसाउने धम्की दिएर पैसा असुल्छन् । त्यसैले, यदि कसैले तपाईंलाई चाँडै भेट्न बोलाउँछ भने, उसबाट टाढिनुहोस्।
  • यस्ता एपहरुमा कहिले पनि लाइभमा नजानुहोस् । र आफ्ना व्यक्तिगत तथा निजी जानकारी तथा तस्विर वा भिडियोहरु कहिले पनि शेयर नगर्नुहोस्।

प्रकाशित: २ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार