
काठमाडौं ।
इजाजत लिएर ब्ल्याकबेरीको ट्रेडमार्क प्रयोग गर्दै आएको अनवार्ड मोबिलिटीले अब उक्त नामको ट्रेडमार्क प्रयोग गर्न नपाउने भएको छ।
गत महिनामात्रै अनवार्ड मोबिलिटीले २०२१ मा शिपमेन्टमा ढिलाई भएका कारण ब्ल्याकबेरीको हार्डवयर २०२२ को कुनै पनि समयमा आउन सक्ने घोषणा गरेको थियो।
कम्पनीले सन् २०२० को अगस्टमा फिजिकल किबोर्डयुक्त नयाँ ब्ल्याकबेरी स्मार्टफोन डेलिभर गर्नका लागि ब्ल्याकबेरी तथा फक्सकन टेक्नोलोजी ग्रुप अन्तर्गतको एफआईएच मोबाइल लिमिटेडसँग सम्झाैता गरेको थियोर
उक्त सम्झोता अनुसार ब्ल्याकबेरीले अनवार्ड मोबिलिटीलाई ब्ल्याकबेरी फाइभजी मोबाइल डिभाइसको विकास, इन्जिनीयरिङ तथा बजारीकरण गर्ने अधिकार प्रदान गरेको थियो।
तर हाल भने अनवार्डको फाइभजी ब्ल्याकबेरी फोनको सपना तुहिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
क्र्याकबेरी डटकमले अनवार्डका संस्थापक केभिन मिकालकलाई उद्धृत गर्दै उक्त योजनाले मूर्त रुप नलिने आधिकारिक रुपमा उल्लेख गरेको छ।
संस्थापक केभिन मिकालकले क्र्याकबेरीमा आफूले ब्ल्याकबेरीले आफूलाई अफर गरेको उक्त प्रस्तावमा कुनै गोप्य सम्झाैता नगरेको र ब्ल्याकबेरीका फोनहरु अब पुराना भइसकेकाले यो योजनामा अगाडि नबढ्नुमा नै सबैको कल्याण रहेको ब्यहोरा पोस्ट गरेका थिए।
प्रकाशित: २ फाल्गुन २०७८, सोमबार