
काठमाडौं ।
एप्पल वर्ल्ड मोबाइलले भ्यालेन्टाइन डे को अवसर पारेर नयाँ तथा पुराना मोबाइलको एक्सचेञ्ज अफर ल्याएको छ। कम्पनीले एक्सचेञ्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्याङ्कन गरी पुराना मोबाइल राखेर नयाँ मोबाइल दिनेछ।
मर्कन्टाइल प्लाजा, दरबारमार्गमा रहेको एप्पल वर्ल्ड मोबाइलमा सञ्चालन हुने उक्त अफरमा दश हजारदेखि दुई लाख ७५ हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइलहरु एक्सचेञ्ज तथा खरीद गर्न सकिनेछ। एप्पल, सामसङ, नोकिया, शाओमी, वनप्लस, भिभो, ओपो, कुलप्याड लगायतका मोबाइलहरुमा अफर लागू हुने एप्पल वर्ल्ड मोबाइलले जनाएको छ।
यो अफरमा मोबाइल एक्सचेञ्ज गर्न आउने ग्राहकले नागरिकताको प्रतिलिपी अनिवार्य रुपमा ल्याउनुपर्ने एप्पल वर्ल्ड मोबाइलका प्रमुख कार्यकारी अधिकृत निराजन मल्लले बताए।
उनले भने, “जोडीले नै दुई वटा मोबाइल खरीद वा एक्सचेञ्ज गर्दा मोबाइलको मूल्य अनुसार स्पीकर, हेडफोन, इयर पड लगायतका उपहारहरु निशुल्क पाउनेछन्।” उनका अनुसार यो अफर फागुन १ गतेदेखि एक सातासम्म सञ्चालन हुनेछ।
साथै ६० मिनेटभित्रै जस्तोसुकै समस्या भएका मोबाइलहरुको मर्मत गर्ने सुविधा ‘६० मिनेट फेस टू फेस सर्भिस’ पनि सेवाग्रहीले पाउने मल्लले जानकारी दिए। सबै प्रकारका ब्राण्डेड एक्सेसरिज तथा म्याकबुक समेत सेवाग्राहीको अगाडी नै मर्मत हुने उनले बताए।
प्रकाशित: १ फाल्गुन २०७८, आईतवार