
काठमाडौं ।
एप्पलले वेबकिटसँग सम्बद्ध गम्भीर जोखिम समाधानका लागि आईओएस १५.३.१ तथा आईप्याडओएस १५.३.१ सार्वजनिक गर्ने भएको छ।
यो जोखिम वेबकिटसँग सम्बन्धित रहेको र आईफोन ६ तथा त्यसपछिका भर्सनका मोडल, आईप्याड प्रोका सबै मोडलहरु, आईप्याड एयर २ र त्यसपछिका मोडल, आईप्याड ५औं जेनेरेशन र त्यसपछाडिका मोडल, आईप्याड मिनी ४ तथा त्यसपछाडिका मोडल तथा आईपड प्रो ७औं जेनेरेशनजस्ता डिभाइसमा वेबसाइटहरुलाई कोड एक्जेक्युट गर्न दिने गरेको पाइएको जीएसएमएरिनाले जनाएको छ।
एप्पलका अनुसार उक्त जोखिमको दुरुपयोग भएको तर कम्पनीले प्रभावित यूजरहरुका बारेमा कुनै विवरण वा के कति मात्रामा क्षति भयो भन्नेबारेमा केही जानकारी सार्वजनिक गरेको छैन।
एप्पलले सोही समस्या समाधानका लागि वाचओएस ८.४.२ तथा म्याकओएस मोन्टेरे १२.२.१ को सीडिङ पनि शुरु गरेको छ। म्याकओएस मोन्टेरे १२.२.१ ले ब्याट्री छिट्टै घट्ने समस्याको पनि समाधान गर्ने कम्पनीले जनाएको छ।
प्रकाशित: १ फाल्गुन २०७८, आईतवार