डिशहोम फाइबरनेटको सह वितरक सोरुम अब सतुङ्गलमा

  • Technology Khabar | १ फाल्गुन २०७८, आईतवार
डिशहोम फाइबरनेटको सह वितरक सोरुम अब सतुङ्गलमा

काठमाडौं ।

नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ।

माघ २७ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कले गर्नेछ ।

सोरुम उद्घाटनमा डिशहोमका तर्फबाट एरिया सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थिति रहेको थियो भने मार्केटिङ्ग डिपार्टमेन्टबाट दिनेश रतन र अनिल ठाकुर तथा सिएम ट्रेङ्गिङको तर्फबाट सेल्स म्यानेजर सुनिल बाबा भट्ट, सेल्स अफिसर बिक्रम लामाको उपस्थिती रहेको थियो ।

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरु माझ पुर्याउँदै आएका ईलेक्ट्रोहोम डिटीएच नेटवर्कले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ।

२ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मदत गर्ने ईलेक्ट्रोहोम डिटीएच नेटवर्कका सञ्चालक सरोज लामिछानेले जानकारी दिए।

प्रकाशित: १ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार