
काठमाडौं ।
वयस्क सामग्रीका लागि परिचित अनलाइन सदस्यता प्लेटफर्म ओन्लीफ्यान्सले प्रयोगकर्ताहरूलाई प्रोफाइल तस्वीरको रूपमा प्रमाणित एनएफटीहरू प्रदर्शन गर्न सुविधा सुरु गरेको छ।
बेलायतमा आधारित कम्पनी, जसले डिसेम्बरमा यो सुविधा ल्याएको बताएको रोयटर्सले रिपोर्ट गरेको छ । यो पनि अब ट्विटर र रेडिट जस्ता सोशल मिडिया कम्पनीहरूमा सामेल हुन्छ जसले आफ्नो प्लेटफर्ममा डिजिटल टोकनहरू समावेश गर्ने तरिकाहरू खोजेका छन्।
सन् २०१६ मा सुरु भएको ओन्लीफ्यान्स, महामारीको समयमा बढेको थियो जहाँ सिर्जनाकर्ताहरूको लागि ग्राहकहरूलाई सीधै सामग्री बेचेर पैसा कमाउने माध्यम बन्यो।
एनएफटीहरू वा नन फन्जिबल टोकनहरू, डिजिटल सम्पत्तिको एक प्रकार हो जुन रेकर्ड-किपिङ टेक्नोलोजी ब्लकचेनमा अवस्थित छ। मानिसहरूले कलाकृति र खेलकुदका हाइलाइटहरूका भिडियोहरू एनएफटीहरूको रूपमा किन्दा गत वर्षदेखि तिनीहरूको लोकप्रियता बढेको छ।
“हाम्रो मिशन भनेको सिर्जनाकर्ताहरूलाई उनीहरूको पूर्ण क्षमताको स्वामित्वमा सशक्त बनाउनु हो,” ओन्लीफ्यान्सका प्रमुख कार्यकारी अधिकृत अमी गानले भने। “यो सुविधा एनएफटीले हाम्रो प्लेटफर्ममा खेल्न सक्ने भूमिकाको अन्वेषण गर्ने पहिलो चरण हो।”
ओन्लीफ्यान्सले ईथेरियम ब्लकचेनमा राखिएको एनएफटीहरूलाई मात्र समर्थन गर्ने बताएको छ। यसले क्रिएटरहरूको एनएफटी प्रोफाइल चित्रहरूले तिनीहरूलाई प्रमाणित गर्नका लागि इथरियम आइकन देखाउने बताएको छ।
प्रकाशित: १ फाल्गुन २०७८, आईतवार