
काठमाडौं ।
आर्थिक वर्ष २०७८/७९ को पुष महिनामा क्यूआर कोडमार्फत ६ अर्ब ५२ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ।
यो आँकडा कार्तिक मसान्तसम्ममा ५ अर्ब ३६ करोड २० लाख तथा मंसिर मसान्तसम्म ६ अर्ब २८ करोड २० लाख रुपैयाँ बराबर रहेको थियो।
यसरी हेर्दा कार्तिक मसान्तदेखि मंसिर मसान्तसम्मको एक महिनामा क्यूआर कोडमार्फत् हुने कारोबार रकममा ९२ करोड तथा मंसिरदेखि पुस मासन्तसम्म २४ करोड ३० लाख रुपैयाँले वृद्धि भएको देखिन्छ।
हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पुष मसान्तसम्मको चालु स्थूल वित्तीय प्रतिवेदनका अनुसार मंसिर मसान्तदेखि पुष मसान्तसम्मको एक महिनामा क्यूआर कोडमार्फत भएको कारोबार संख्यामा पनि २ लाख ६९ हजार १२९ ले बढेको छ।
यो आँकडा कार्तिक मसान्तसम्म १३ लाख ८७ हजार ५८४ तथा मंसिर मसान्तसम्म १६ लाख ४९ हजार ३९७ मा रहेको थियो।
क्यूआर कोडमार्फत भएको कारोबारको सङ्ख्या पुष मसान्तसम्म १९ लाख १८ हजार ५२६ पुगेको छ।
प्रकाशित: १ फाल्गुन २०७८, आईतवार