स्नायु-उत्तेजना बढाउने डिभाइसले पक्षघात भएकाहरुलाई हिँड्न र साइकल चलाउन सघायो

  • Technology Khabar | १ फाल्गुन २०७८, आईतवार
स्नायु-उत्तेजना बढाउने डिभाइसले पक्षघात भएकाहरुलाई हिँड्न र साइकल चलाउन सघायो

काठमाडौं ।

स्नायु-उत्तेजनासँग सम्बन्धित डिभाइसहरुले पक्षाघात भएका व्यक्तिहरुलाई हिँड्न, साइकल चलाउन तथ पोडी खेल्न सहयोग गर्ने तथ्य बाहिर आएको छ।

हालै अमेरिकामा मेरुदण्डमा लागेको चोटका कारण शरीरको तल्लो भाग पूर्णरुपमा पक्षाघात भएका तीन जना व्यक्तिहरु स्नायु-उत्तेजना गराउने डिभाइस लगाएर हिँड्न, साइकल चलाउन तथा पोडी खेल्न सक्षम भएका छन्।

ती डिभाइसहरु एउटा टचस्क्रीन ट्याब्लेटद्वारा नियन्त्रित रहेको सोमबार अनुसन्धाताहरुको प्रतिवेदनमा उल्लेख गरेको रोक्यटर्सले जनाएको छ।

ती व्यक्तिहरुको घाँटीभन्दा मुनि तथा पिठ्यूको तल्लोभाग भन्दा माथि रहेको थोरासिक स्पाइन नामक क्षेत्रमा चोट लागेको र उनीहरु १ देखि ९ वर्षसम्म उपचार बिना नै बसेका रोयटर्सको समाचारमा उल्लेख छ।

उनीहरुले स्नायु विशेषज्ञहरुले पहिलोपटक परबाट आर्टिफिसियल इन्टेलिजेन्समार्फत् नियन्त्रित स्नायु-उत्तेजक डिभाइसको प्रोटोटाइप जडान गरेको १ घण्टामै पहिलो पाइला चाल्न सफल भएका थिए।

ती बिरामीहरु क्रमश: २९, ३२ र ४१ वर्षका पुरुषहरु रहेको र तीनै जनालाई मोटरसाइकल दुर्घटनामा परेपछि पक्षाघात भएको रोयटर्समा उल्लेख छ।

प्रकाशित: १ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार