भारतमा गैर-व्यावसायिक उडानमा २ केजीसम्मको ड्रोन उडाउन लाइसेन्स नचाहिने

  • Technology Khabar | १ फाल्गुन २०७८, आईतवार
भारतमा गैर-व्यावसायिक उडानमा २ केजीसम्मको ड्रोन उडाउन लाइसेन्स नचाहिने
सांकेतिक तस्बिर

काठमाडौं ।

भारतकोनागरिक उड्डयन मन्त्रालयले शुक्रबार ड्रोन सञ्चालनका लागि आवश्यक पर्ने ड्रोन पाइलट लाइसेन्सको आवश्यकता खारेज गरेको छ।

एक अधिकारीका अनुसार डिजीसीएद्धारा अनुमोदित ड्रोन स्कूलद्वारा जारी गरिएको रिमोट पायलट प्रमाणपत्र एकल विन्डो डिजिटल स्काईप्लेटफर्म मार्फत भारतमा ड्रोन सञ्चालन गर्न पर्याप्त हुनेछ।

गैर-व्यावसायिक उद्देश्यका लागि २ किलोग्रामसम्मको ड्रोन सञ्चालन गर्न रिमोट पाइलट प्रमाणपत्र आवश्यक नपर्ने अधिकारीले बताएको भारतीय मिडियाहरुले जनाएका छन्।

मन्त्रालयले ड्रोन नियम संशोधनको सूचना जारी गरेको छ र फेब्रुअरी ११ देखि लागू हुने गरी ड्रोन पाइलट लाइसेन्सको आवश्यकता खारेज गरिएको बताईएको छ।

भारतीय सरकारले देशमा ड्रोनको घरेलु उत्पादनलाई प्रवर्द्धन गर्ने प्रयासको रूपमा केही अपवादका साथ ड्रोनको आयातमा प्रतिबन्ध लगाएको केही दिनपछि पछिल्लो कदम आएको हो।

मन्त्रालयले अगस्ट २०२१ मा ड्रोन नियमहरू उदार बनाएको थियो।

प्रकाशित: १ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • १ फाल्गुन २०७८, आईतवार