
काठमाडौं ।
नासाको जेम्स वेब स्पेस टेलिस्कोपले पहिद्यो पटक ताराहरुको तस्बिरहरु खिचेको छ।
अमेरिकी अन्तरिक्ष नियोग नासाले जेम्स वेबले खिचेको एउटा ताराको तस्बिरलाई कलात्मक तरिकाले शेयर गरेको छ।
उक्त तस्बिर साना साना धमिला थोप्लाहरुका संग्रह जस्तो देखिए पनि मिसनको टोलीले भने यसैको अपेक्षा गरिरेहेको इन्ग्याजेटले उल्लेख गरेको छ।
उक्त तस्बिरले वैज्ञानिकहरुलाई टेलिस्कोपको निरक्याम भनिने नियर इन्फ्रारेड क्यामराको प्रयोगबाट लामो समय लाग्ने ऐनाको लहर मिलाउने प्रक्रियाको अन्त्य गर्न सघाउने बताइएको छ। इन्ग्याजेटले यो प्रक्रियाको पहिलो चरण लगभग पूरा भएको उल्लेख गरेको छ।
ती दृश्यहरु २५ घण्टा लगाएर जेम्स वेब टेलिस्कोपलाई विभिन्न १५६ ठाउँमा राखेपछि त्यसको निरक्याम सेन्सरमार्फत् १ हजार ५६० तस्बिर लिएपछि निर्माण भएको बुझिएको छ।
वैज्ञानिकहरुको टोलीले फोटोहरुका उक्त कला जेम्स वेबमा रहेका प्रत्येक ऐनाको सेगमेन्टलाई एउटा फ्रेममा राखेर तयार पारेका थिए।
दृश्यात्मक सामग्री भने इन्फ्रारेड क्यामरालाई अति चिसोबाट टेलिस्कोपहरुलाई वैज्ञानिक अवलोकनका लागि आवश्यक माथिल्लो तापक्रममा राखेर बनाइएको थियो।
यी तस्बिरको पूर्ण रेजोल्युशन २ गिगापिक्सेल रहेको समाचारमा जनाइएको छ।
प्रकाशित: १ फाल्गुन २०७८, आईतवार