भारतीय सामाजिक सञ्जाल शेयरच्याटले ७० करोड डलरमा किन्यो मोज एप

  • Technology Khabar | २९ माघ २०७८, शनिबार

काठमाडौं ।

भारतीय सामाजिक सञ्जाल एप शेयरच्याटले आफ्नो स्थानीय प्रतिद्वन्द्वी एमएक्सको छोटो भिडियो प्लेटफर्मलाई लगभग ७० करोड डलरमा प्राप्त गर्ने तयारी गरिरहेको छ। विदेशी लगानीकर्ताले ठूलो बाजी लगाएपछि यस क्षेत्रमा प्रतिस्पर्धा बढेको छ।

करिब दुई वर्षअघि भारतको केन्द्र सरकारले चीनको टिकटक र अन्य केही एपमा प्रतिबन्ध लगाएपछि सर्ट भिडियो एप्स देशमा लोकप्रिय बनेका छन्।

टिकटकमा प्रतिबन्ध लगाएपछि शेयरच्याटको स्वामित्वमा रहेको मोहल्ला टेकले छोटो भिडियो सेयरिङ एप मोज लन्च गरेको थियो। मोजका प्रयोगकर्ताको संख्या १६ करोड पुगेको छ। मोजको प्रमुख प्रतिद्वन्द्वी मेटाको इन्स्टाग्राम रील्स हो।

नगद र स्टक सम्झौतामा, मोहल्ला टेकले एमएक्सको छोटो भिडियो प्लेटफर्म टकाटक(TakaTak) प्राप्त गर्ने रोयटर्सले रिपोर्ट गरेको छ। यस सम्झौताको मूल्य करिब ७० करोड डलर छ। सम्झौता केही दिनमा घोषणा हुन सक्नेछ।

शेयरच्याटको मूल्य करिब ४ अर्ब डलर रहेको छ। यसका प्रमुख लगानीकर्ताहरूमा सिंगापुरको टेमासेक होल्डिङ्स र ट्विटर पर्छन्। एमएक्सले टकाटकको अधिग्रहण पछि, मोहल्ला टेकमा दुईवटा छोटो भिडियो एपहरू हुनेछन्।

रिपोर्टकाअनुसार कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स टूलको प्रयोग बढाएर आफ्नो पहुँचलाई बलियो बनाउने योजना बनाएको छ। एमएक्सका लगभग १० करोड प्रयोगकर्ताहरू अनुमान गरिएको छ।

शेयरच्याटले गत वर्ष टेमासेक र केही अन्य लगानीकर्ताहरूबाट करिब १४.५ करोड डलर कोष जुटाएको थियो। यसका लागि कम्पनीको करिब तीन अर्ब डलर मूल्य निर्धारण गरिएको थियो। शेयरच्याटको मूल्याङ्कन पछिल्ला दुई वर्षमा उल्लेख्यरूपमा बढेको छ।

चीनसँगको सीमामा तनाव बढेपछि भारतको केन्द्र सरकारले टिकटकलगायतका केही चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । बाइटडान्सको टिकटकले देशमा यसको प्रयोगकर्ताहरूको ठूलो संख्या र यसलाई यसको प्रमुख बजारहरूमा समावेश गरेको कारण धेरै नोक्सान बेहोर्नु परेको थियो। टिकटक प्रतिबन्ध भए लगत्तै केही स्थानीय एपका प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ।

प्रकाशित: २९ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार