
काठमाडौं ।
भारतमा भारती एयरटेलको मोबाइल तथा ब्रोडब्याण्ड सेवा आज देशैभर २ घण्टा डाउन भएको छ।
भारतका अलग-अलग ठाउँका थुप्रै यूजरहरुले सोशल मिडियामा यसबारे गुनासो गरेका थिए। एयरटेल नेटवर्क आउटेजका कारण इन्टरनेट चलाउनमा पनि समस्या देखिएको भारतीय सञ्चारमाध्य भास्कर डटकमले उल्लेख गरेको छ।
कम्पनीले पनि सोशल मिडियामा आफ्ना इन्टरनेट सेवामा केही समय समस्या आएको जानकारी दिएको छ भने यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाका लागि क्षमा पनि मागेको छ।
Our internet services had a brief disruption and we deeply regret the inconvenience this may have caused you. Everything is back as normal now, as our teams keep working to deliver a seamless experience to our customers.
— Airtel Cares (@Airtel_Presence) February 11, 2022
कम्पनीले २ घण्ट समस्य आए पनि अब भने सेवा पुन: सञ्चालन भएको बताएको छ। भारतभरमा एयरटेलका ३५ करोड सेवाग्राही छन्। यीमध्ये उत्तर प्रदेशमा मात्रै ५ करोडभन्दा धेरै रहेका समाचारमा जनाइएको छ।
प्रकाशित: २८ माघ २०७८, शुक्रबार