प्रहरी हुँ भनेर मोबाइल र नगद लुटपाट गरेको अभियोगमा पक्राउ

  • Technology Khabar | २८ माघ २०७८, शुक्रबार
प्रहरी हुँ भनेर मोबाइल र नगद लुटपाट गरेको अभियोगमा पक्राउ
सांकेतिक तस्बिर।

काठमाडौं ।

आफूलाई प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गरेको अभियोगमा काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-३ सुन्ताखान घर भएका २७ वर्षीय सुजन मिश्रलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-६ कुशल ब्याङ्केट अगाडि दुईजना ब्यक्तिहरु चिया पसलमा चिया खाई रहेको अवस्थामा आफूलाई प्रहरी बताउने २ जना ब्यक्तिहरुले धाक धम्की दिई निजहरुलाई लागूऔषध कारोबारी भएको आरोप लगाएका थिए । उनीहरुलाई बौद्धस्थित एक होटलको कोठामा लगि नगद ६० हजार रुपैयाँ र २ थान मोबाइल लुटि लगेका भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न सुजनलाई पक्राउ गरेको हो।

प्रहरीले सुजनको साथबाट नगद १० हजार रुपैयाँ, २ थान मोबाइल र सुजन मिश्रको नामको राष्ट्रिय अनुसन्धान बिभागको सहायक सूचक पदको परिचय-पत्र १ थान समेत बरामद गरेको छ।

उनी उपर चोरी तथा डाँका सम्वन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...