
काठमाडौं ।
भारतीय रिजर्व बैंक (आरबीआई) का गभर्नर शक्तिकान्त दासले क्रिप्टोकरेन्सीमा लगानी नगर्न भारतीय लगानीकर्ताहरुलाई चेतावनी दिएका छन्।
भारतको मौद्रिक नीति बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै शक्तिकान्त दासले निजी क्रिप्टोकरेन्सी वित्तीय स्थायित्वका लागि ठूलो खतरा भएको बताएको भारतीय मिडियाहरुले जनाएका छन्। उनले भने, “लगानीकर्ताले आफ्नो जोखिममा लगानी गरिरहेका छन् भन्ने कुरामा ध्यान दिनुपर्छ।”
आरबीआई गभर्नरले यसलाई ‘ट्युलिपमेनिया’ भएको पनि उल्लेख गरेका छन् । जसमा लगानीकर्ताहरू हल्लाको चपेटामा पर्छन् र सम्पत्तिमा पैसा लगानी गर्छन्। अन्ततः कुरा पानीको फोका जस्तै बन्छ।
शक्तिकान्त दासले क्रिप्टोकरेन्सीलाई पनि त्यही कुरा लागू हुने बताए। “यसको कुनै अन्तर्निहित (मान) छैन । ट्यूलिप पनि छैन,” उनले भने।
भारतले यो वर्षको केन्द्रीय बजेटमा सरकारले कुनै पनि भर्चुअल डिजिटल सम्पत्ति हस्तान्तरणबाट हुने आम्दानीमा कर लगाउने कुरा गरेको छ। यस्तो कर ३० प्रतिशत हुनेछ। यससँगै भारतीय रिजर्भ बैंकको डिजिटल मुद्रा पनि सुरु हुनेछ।
समग्रमा सरकारले क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाएको छैन तर चर्को करको दायरामा ल्याएर क्रिप्टो लगानीकर्तालाई खासै राहत दिन नसकेको देखाएको छ। सरकारले कर लगाउनुको अर्थ देशमा निजी क्रिप्टोकरेन्सीलाई मान्यता दिएको होइन भन्ने पनि स्पष्ट गरेको छ। यही कारण आरबीआई गभर्नरले क्रिप्टोकरेन्सीहरूको निरन्तर जोखिमहरू विरुद्ध सावधानी हुन सुझाब दिइरहेका छन्।
“निजी क्रिप्टोकरेन्सी समष्ट आर्थिक स्थिरता र वित्तीय स्थायित्वका लागि ठूलो खतरा हो…लगानीकर्ताहरूले यो मनमा राख्नु पर्छ कि उनीहरूले आफ्नै जोखिममा लगानी गरिरहेका छन्,” दासले भने।
निजी क्रिप्टोकरेन्सीमा लगानी गर्ने सबै लगानीकर्ता आफ्नो जोखिममा रहेको उनले आफ्नो बयानबाट स्पष्ट पारेका छन्। आरबीआई वा कुनै पनि बैंकले तिनीहरूलाई यसमा मद्दत गर्न नसक्ने स्पष्ट पारे।
भारतमा १.५ करोडदेखि २ करोड क्रिप्टो लगानीकर्ताहरू रहेको बताईएको छ। तिनीहरूको कुल क्रिप्टो होल्डिङ्ग लगभग ४०,००० करोड भारतीय रुपैयाँ छ। भारतीय क्रिप्टो बजारको आकारमा कुनै आधिकारिक डाटा उपलब्ध छैन।
प्रकाशित: २८ माघ २०७८, शुक्रबार