भारत सरकारले लगायो ड्रोन आयातमा प्रतिबन्ध

  • Technology Khabar | २८ माघ २०७८, शुक्रबार
भारत सरकारले लगायो ड्रोन आयातमा प्रतिबन्ध
सांकेतिक तस्बिर

काठमाडौं ।

छिमेकी देश भारतले ड्रोन आयातमा प्रतिबन्ध लगाएको छ। भारतको केन्द्र सरकारले देशमा ड्रोनको स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न चाहेको भन्दै सो निर्णय गरेको हो।

केहि ड्रोनको आयातमा विशेष व्यवस्था गरिएको छ। यसमा अनुसन्धान र विकास (R&D), रक्षा र सुरक्षा उद्देश्यका लागि ड्रोन आयात गर्न सकिनेछ तर यसका लागि आवश्यक अनुमति लिनुपर्ने भारतीय मिडियाहरुले जनाएका छन्।

भारतीय नागरिक उड्डयन मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा ड्रोनका पार्टपुर्जा आयात गर्न स्वीकृति लिनु नपर्ने जनाएको छ। वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले ड्रोन आयातमा प्रतिबन्ध लगाउने सूचना जारी गरेको छ।

यसमा भनिएको छ, “सीबीयू (पूर्ण रूपमा निर्मित)/सीकेडी (कम्प्लीटली नक्ड डाउन)/एसकेडी (सेमी नक्ड डाउन) को रूपमा ड्रोन आयात गर्न निषेध गरिएको छ। यसमा आर एन्ड डी, रक्षा र सुरक्षा उद्देश्यका लागि ड्रोन आयात गर्न अनुमति दिइनेछ।”

भारतको केन्द्र वा राज्य सरकारहरूको संगठन वा तिनीहरूद्वारा मान्यता प्राप्त शैक्षिक संस्थाहरू, सरकारी मान्यता प्राप्त अनुसन्धान र विकास संस्थाहरू र अनुसन्धान र विकासको उद्देश्यका लागि ड्रोन निर्माताहरूलाई ड्रोन आयात गर्न अनुमति दिइनेछ। तर, यो अनुमति डीजीएफटीले सम्बन्धित मन्त्रालयसँग परामर्श गरेर दिनेछ।

नागरिक उड्डयन मन्त्रालयले देशमा ड्रोन उत्पादनलाई प्रबर्द्धन गर्न विदेशबाट ड्रोन आयातमा रोक लगाएको जनाएको छ। मन्त्रालयले गत वर्ष ड्रोनका नियमहरू खुकुलो पारेको थियो। यसपछि, ड्रोन एयरस्पेस म्याप, पीएलआई योजना र यूटीएम नीति ढाँचा मन्त्रालयले जारी गरेको थियो। ड्रोन प्रमाणीकरण योजना पनि गत महिना जारी गरिएको थियो।

रिपोर्टकाअनुसार भारतमा पछिल्ला वर्षहरूमा ड्रोनको प्रयोग तीव्र रूपमा बढेको छ। योसँगै ड्रोनको आयात पनि बढेको छ। ड्रोनको आयातमा प्रतिबन्ध लगाएपछि देशमा यसको उत्पादन बढ्ने र मूल्य घट्ने सम्भावना छ। ड्रोन बनाउने स्थानीय कम्पनीको संख्या कम छ र आयातमा प्रतिबन्ध लागेपछि यस क्षेत्रको व्यापार तीव्र गतिमा बढ्न सक्छ।

प्रकाशित: २८ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s Long March-8A rocket launches internet satellites

  • २८ माघ २०७८, शुक्रबार

Toyota global output falls 5.5 pct in November

  • २८ माघ २०७८, शुक्रबार

China’s high-speed rail network passes 50,000km mark

  • २८ माघ २०७८, शुक्रबार