बुटवल टेक्निकल इन्स्टिच्युटमा अब इन्जिनियरिङ पढाईने

  • Technology Khabar | २८ माघ २०७८, शुक्रबार
बुटवल टेक्निकल इन्स्टिच्युटमा अब इन्जिनियरिङ पढाईने

काठमाडौं ।

बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) अब स्तरोन्नति हुँदै इन्जिनियरिङ क्याम्पसका रूपमा विकास हुने भएको छ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उपमहानगरले गुणस्तरीय प्राविधिक शिक्षाका लागि अलग्गै प्राविधिक शिक्षालय सञ्चालन गर्ने प्रतिबद्धता गरेको स्मरण गर्दै अब बीटीआईमै इन्जिनियरिङ विषयको चार वर्षे कोर्समा पठनपाठन हुने बताए। उनकाअनुसार काठमाडौँ विश्वविद्यालय र बीटीआईबीचमा चार वर्षे इञ्जिनियरिङ कक्षाका लागि सम्झौता भएको छ।

करिब ४० वर्षअघि स्थापना भएको बुटवल टेक्निकल इन्स्टिच्युटबाट अहिलेसम्म हजारौँ विद्यार्थीले इलेक्ट्रिकल विषयमा दुई वर्षे अध्ययन पूरा गरी देश तथा विदेशमा रोजगारी पाएका छन्। गोरखापत्र

प्रकाशित: २८ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...