चार्जिङ स्टेशन निर्माणका लागि ५ वर्षभित्र ५ अर्ब डलर लगानी गर्दै बाइडेन प्रशासन

  • Technology Khabar | २७ माघ २०७८, बिहीबार
चार्जिङ स्टेशन निर्माणका लागि ५ वर्षभित्र ५ अर्ब डलर लगानी गर्दै बाइडेन प्रशासन

काठमाडौं ।

अमेरिकाको बाइडेन प्रशासनले बिहीबार पाँच वर्षभित्र विद्युतीय सवारीका लागि हजाराैं चार्जिङ स्टेशन निर्माणका लागि ५ अर्ब डलरको विस्तृत योजना सार्वजनिक गरेको छ।

कंग्रेसले उक्त रकम गत नोभेम्बरमा राज्यहरुका लागि १० खर्ब डलर पूर्वाधार विधेयक अन्तर्गत पारित गरेको थियो।

ह्वाइट हाउस अमेरिकीहरु पेट्रोलियम बाट चल्ने सवारीबाट परिवर्तन होउन् भन्ने चाहन्छ र यसका लागि इभीका लागि कंग्रेसले प्रस्ताव गरेको थप कोष पनि उपलब्ध होस् भन्ने उस्को उद्देश्य रहेको रोयटर्सले उल्लेख गरेको छ।

प्रशासनले सन् २०२२ मा साढे ६१ करोड डलर उपलब्ध गराउने र यसका लागि राज्यहरुले शुरुमा आफ्ना प्रस्ताव बुझाएर संघीय अनुमोदन प्राप्त गर्नु पर्ने हुन्छ।

अमेरिकी यातायात मन्त्री पेट बुट्टिगिएगले उक्त रकमले राज्य, श्रम तथा निजी क्षेत्रसँग मिलेर ऐतिहासिक देशव्यापी चार्जिङ नेटवर्ट परिचालनको काम गर्दा यसले आफूहरुलाई विद्युतीय सवारीको दोड जित्न सहयोग गर्ने बताएङ्का छन्।

सन् २०२३ भित्र बिक्री गरिने समग्र नयाँ सवारीको ५० प्रतिशत विद्युतीय वा प्लग-इन हाइब्रिड इलेक्ट्रिक मोडल हुनुपर्ने तथा ५ लाख नयाँ चार्जिङ स्टेशन बनिनुपर्ने राष्ट्रपति बाइडेनको इच्छा रहेको रोयटर्सले जनाएको छ।

तर उनले २०३० सम्ममा पेट्रोलियमबाट चल्ने नयाँ सवारीहरुलाई निमिट्यान्न पार्ने नीति भने नलिएको बुझिएको छ।

प्रकाशित: २७ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...